शनिबार, जेठ २५, २०८२

गीतमार्फत दृष्टिविहीनको एकै स्वर : म मेरो देश खोज्दैछु

बाल्यकालको धोको अहिले पुरा भएकोमा उनी खुसी छिन्। उनी भन्छिन्, ‘जहाँ काम गरे पनि यो गीत याद आइरहन्थ्यो। र, १५ वर्षपछि पनि यो गीत पुरानो भएन। त्यसैले गीत रेकर्ड गरेकी हुँ।’
 |  बुधबार, माघ २६, २०७८

राज सरगम

राज सरगम

बुधबार, माघ २६, २०७८

१५ वर्षअघि झापाको दुर्गा उच्च माद्यामिक विद्यालय गरमरीमा सँगैसँगै अध्ययन गर्थे, दृष्टिविहीन गायिका मेनुका पौडेल, किशोरा अर्याल र रमेश प्रसाईं। तीनै जना मिल्ने साथी थिए। गीत संगीतप्रति तीनैको रुचि उस्तै थियो। उनीहरू आफूले सुनेका गीतसंगीत र आफूलाई गाउन मन लागेका गीतहरू सुनाउने गर्थे। 

कुरा २०६२/६३ को हो। दशैभर जनआन्दोलन चलेको थियो। जोसँग जे क्षमता छ त्यहीमार्फत आन्दोलनलाई बल पुर्‍याउन खोजिरहेका हुन्थे नागरिकहरूले। कवि लेखकहरू भने आफ्ना शब्दमार्फत आन्दोलनलाई टेवा पुराउँथेँ। ती संघर्षका दिनहरूमा पत्रकार तथा कलाकार रमेश प्रसाईंले पनि समय सापेक्ष गीत लेखेका थिए। लेखेको गीत स्कुलमा पुगेर मेनुका र किशोरालाई दिए। मेनुका र किशोरालाई गीत मन पर्‍यो। किशोराले कम्पोज गर्ने र मेनुकाले गीत गाउने टुंगो लाग्यो। तर, समयले उनीहरूलाई आफ्नै संघर्षमा अल्झिदिएको थियो।

रमेश प्रसाईं पत्रकारका साथै राम्रो वक्ता र कलाकार पनि हुन्। गीत मिठो गाउँछन्। उनै प्रसाईंको शब्दलाई किशोरा गुनगुनाउने कोसिस गर्थिन्। हार्मोनियमका तारहरूमा शब्दलाई भर्न खोज्थिन्। संगीत सिकाइमा रमेशका गीत सहयोगी बन्दै गए किशोरालाई। संगीतको औपचारिक कक्षा लिँदै गइन्। गीतसंगीतलाई ‘प्यासन’ बनाउन थालिन्। अनि किशोराले १५ वर्ष अगाडिको गीत सम्झिन्। कम्पोज गरिन्। साथीहरूलाई सुनाइन्। सबै खुसी भए। त्यसपछि दृष्टिविहीन साथीहरूको समूह मिलेर सोमबार ‘सक्षम नेपाल’ रेकर्डिङ स्टुडियोमा रेकर्ड गराउन सफल भए। 

बाल्यकालको धोको अहिले पुरा भएकोमा उनी खुसी छिन्। उनी भन्छिन्, ‘जहाँ काम गरे पनि यो गीत याद आइरहन्थ्यो। र, १५ वर्षपछि पनि यो गीत पुरानो भएन। त्यसैले गीत रेकर्ड गरेकी हुँ।’

‘अनेकताको गठबन्धनभित्र म मेरो देश खोज्दैछु’ यो गीतलाई संगीत गरेकी किशोरा शास्त्रीय संगीतको विद्यार्थी हुन्। केही गीतमा उनले आफैले आवाज पनि दिएकी छन्। ३२ वर्षीया किशोरा गीतसंगीत बाहेक चाबहिलको ‘भेटघाट रोधी’मा ८ वर्षदेखि गाउँदै आएकी छन्।

बाल्यकालको धोको अहिले पुरा भएकोमा उनी खुसी छिन्। उनी भन्छिन्, ‘जहाँ काम गरे पनि यो गीत याद आइरहन्थ्यो। र, १५ वर्षपछि पनि यो गीत पुरानो भएन। त्यसैले गीत रेकर्ड गरेकी हुँ।’

रमेशको शब्द तथा किशोराका संगीतमा मेनुकाले आवाज दिएकी छन्। मेनुका आफ्नो सांगीतिक यात्रामा सधैँ नयाँ गरिरहन्छिन्। सानैदेखि गीत गाउन थालेकी मेनुकालाई नेपाल आइडलले नेपालभरि चर्चा दिलाएको थियो। दृष्टिविहीन भएर पनि पियानो र थिएटर राउन्ड पार गर्दै टप ११ मा पुग्न सफल भएकी थिइन् उनी।

मेनुकाको सांगीतिक यात्रा त्यत्तिमै सीमित रहेन। भारतीय रियालिटी सो ‘सारेगामप’मा मेनुका ११ स्थान पुग्न सफल भएकी थिइन्। उनले त ‘नेपाली गुडिया’ नामसमेत पाएकी थिइन्। ‘मनले छल गर्दैन’, ‘रङ्ग भित्रको’ ‘जुन टीका लगाएर’, ‘फूलको सुवास भने पनि तिमी’ जस्ता दर्जनौं गीतमा उनले आवाज दिइसकेकी छन्। भन्छिन्, ‘देशभक्ति गीत पहिलो पटक गाएँ। यो गीत गाउने झापामै रहर लागेको थियो। तर, ती दिनमा हामी सिक्दै थियौं। र, सकेनौं।’

 २९ वर्षीय दुलाल पनि झापाकै हुन्। संगीत संयोजक बाहेक उनी कोटेश्वरको पञ्चेबाजा दोहोरी साँझमा पनि गीत गाउँथें। दुलाल विशेष गरी ‘अक्टोप्याट’ बजाउँछन्। ढोलक बजाउनु पनि उनको रुचि हो।

हालै फाइनल भएको ‘सारेगाम लिटल च्याम्प’मा मेनुकाले जुरी मेम्बरको भूमिका निर्वाह गरेकी थिइन्। मेनुका भन्छिन्, ‘दृष्टिविहीनहरू पनि सक्षम छन् भन्ने सन्देश जाओस् लागेर दृष्टिविहीन साथीहरू मिलेरै काम गरिएको हो।’

यो गीतमा तीन जना दृष्टिविहीनको मात्रै योगदान छैन। यस गीतलाई संयोजन गरेको हुन् दृष्टिविहीन डिल्लीराम दुलाल र सुरज आचार्यले। २९ वर्षीय दुलाल पनि झापाकै हुन्। संगीत संयोजक बाहेक उनी कोटेश्वरको पञ्चेबाजा दोहोरी साँझमा पनि गीत गाउँथें। दुलाल विशेष गरी ‘अक्टोप्याट’ बजाउँछन्। ढोलक बजाउनु पनि उनको रुचि हो।

दोहोरी साँझमा मात्रै नभएर पुराण तथा यज्ञमा आयोजना हुने भजनकीर्तनजस्ता कार्यक्रममा पनि सहभागी हुन्छन्। उनका साथी सुरज पनि दृष्टिविहीन हुन्। उनी पनि दोहोरी साँझमा गीत गाउँदै बचेको समय संगीत संयोजन गर्छन्। संगीत संयोजक डिल्लीराम भन्छन्, ‘तीन दिन लगाएर एरेन्ज गरेका थियौं। सबैजना दृष्टिविहीनसाथीको साथ र सहयोगले एरेन्ज गर्न पाउँदा पनि खुसी छु।’

यस गीतका लागि दृष्टिविहीन तबला वादक ईश्वर बलामीले तबला बजाएका छन्। गीतमा केही बाजा अझैं हाल्नुपर्ने छ। ती बाजा बजाउने पनि दृष्टिविहीन साथीकै सहयोग लिने सोच रहेको बताइन् संगीतकार किशोरा अर्यालले। ‘हामी दृष्टिविहीन साथीहरू मिलेर प्रयास गरेको हौं’, उनले भनिन्, ‘हाम्रो प्रयासले अन्य दृष्टिविहीन साथीहरूलाई हौसला प्रदान गर्छ।’

पछिल्लो समय नेपाली सांगीतिक क्षेत्रमा दृष्टिविहीन कलाकारहरूको पनि उपस्थित बाक्लिँदै गएको छ। उनीहरू आफ्नै टिम बनाएर यसरी गीतसंगीत निकाल्नु प्रशंसनीय छ।

प्रकाशित: Feb 09, 2022| 09:11 बुधबार, माघ २६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।
जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।
चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।