सोमबार, असार ३०, २०८२

प्राविधिक शिक्षा ७५३ वटै स्थानीय तहमा पुर्‍याउँछौं : शिक्षामन्त्री पौडेल

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले देशका ७ सय ५३ वटै स्थानीय तहमा प्राविधिक तथा बहुप्राविधिक शिक्षालय पुर्‍याउने बताएका छन्।
 |  मंगलबार, माघ २५, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, माघ २५, २०७८

काठमाडौं– शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले देशका ७ सय ५३ वटै स्थानीय तहमा प्राविधिक तथा बहुप्राविधिक शिक्षालय पुर्‍याउने बताएका छन्। कास्कीमा अन्नपूर्ण बहुप्राविधिक शिक्षालयको भवन मंगलबार शिलान्यास गर्दै मन्त्री पौडेलले प्राविधिक तथा बहुप्राविधिक शिक्षा देशका सबै स्थानीय तहमा पुर्‍याउने बताएका हुन्। 

‘प्राप्त ज्ञानलाई उत्पादन र रोजगारीसँग जोड्नुपर्छ। मन्त्रालय प्रत्येक स्थानीय तहमा प्राविधिक र बहुप्राविधिक शिक्षालय स्थापना गर्ने काममा अघि बढेको छ,’ उनले भने।

मन्त्री पौडेलले अन्नपूर्ण बहुप्राविधिक शिक्षालयलाई नमुनाका रुपमा अघि बढाउन आवश्यक बजेटका लागि आफूले पहल गर्ने बताए। ‘भौतिक संरचना र जग्गा प्राप्तिका लागि मन्त्रालयको तर्फबाट हुने सहयोग गर्न तयार छु। अन्यत्र अध्यापन नभएका विषयलाई हामीले ध्यान दिनुपर्छ।’

मन्त्री पौडेलले मन्त्रालयले ३ वर्षभित्र देशभरका विद्यालयको भौतिक संरचना बनाउने गरी योजना अघि बढाएको बताउँदै यस वर्षको राष्ट्रपति शैक्षिक सुधारको कार्यक्रम थप व्यवस्थित गरी कार्यान्वयन गरिने प्रतिबद्धता जनाए। उनले विद्यार्थीका लागि कोरोनाविरुद्धको खोप अभियान चलिरहेको बताउँदै ४ देखि १२ वर्षका विद्यार्थीका लागि पनि चाँडै खोप व्यवस्थापन हुने बताए।

पढ्दै कमाउँदै कार्यक्रमले सिपलाई श्रमसँग जोड्ने बताउँदै उनले ९ देखि १२ कक्षासम्मका विद्यार्थीलाई यसमा समावेश गर्ने बताए। २०७६ असोज ७ गते आंगिक क्याम्पसको रुपमा सञ्चालन भएको अन्नपूर्ण बहुप्राविधिकको शैक्षिक भवन निर्माणका लागि सरकारले ५ करोड छुट्याएको छ। निर्माणको ठेक्का पाएको रविना कन्सट्रक्सन प्रालिले ३ करोड ८७ लाख २७ हजार ७६ रुपैयाँमा ४ तले भवन एक वर्षभित्र बनाउने इन्जिनियर कृष्ण प्रसाद शर्माले जानकारी दिए।

माछापुच्छ्रे् माध्यमिक विद्यालयले अन्नपूर्ण गाउँपालिकासँग समन्वय गरी १४ रोपनी जग्गा ८० करोडमा खरिद गरी बुहप्राविधिक शिक्षालय निर्माणका लागि उपलब्ध गराएको संघीय सांसद दुर्गा विकले बताइन्। अहिले बहुप्राविधिक शिक्षालय घर भाडामा लिएर सञ्चालन भइरहेको छ ।

प्रकाशित: Feb 08, 2022| 16:04 मंगलबार, माघ २५, २०७८
प्रतिक्रिया दिनुहोस्