काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ विरुद्धको खोपको मौज्दात र खोप लगाउने व्यक्तिहरुको अभिलेख पठाउन सबै जिल्ला र स्थानीय तहलाई निर्देशन दिएको छ।
हालसम्म ७१ जिल्ला र ६४४ स्थानीय तहले मात्र खोपको विवरण पठाएकाले बाँकी ६ जिल्ला र १०९ स्थानीय तहलाई यथाशिघ्र पठाउन निर्देशन दिएको हो।
मन्त्रालयले सूचना जारी गर्दै स्वास्थ्य सेवा विभाग अन्तर्गतको व्यवस्थापन महाशाखा, ७ वटै प्रदेशका स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र, सम्पूर्ण जिल्लाका ७७ वटै स्वास्थ्य कार्यालय र ७५३ वटै स्थानीय तहलाई पत्र पठाउँदै माघ २१ गतेसम्मको विवरण पठाउन निर्देशन दिएको हो।