सोमबार, असार ३०, २०८२

विवाहपछि फाइनान्सियल म्यानेजमेन्टका १३ सुत्र

विवाहपछि ज्वाइन्ट एकाउन्ट खोल्ने कि अलग-अलग एकान्ट खोल्ने भन्ने कुरामा द्विविधा हुनसक्छ। ज्वाइन्ट एकाउन्टमा युवतीको झुकाव बढी हुन्छ। उनीहरु चाहन्छन्, सबै कुरा एक भएपछि किन बैंक एकाउन्ट मात्र अलग गर्ने ?
 |  सोमबार, माघ २४, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, माघ २४, २०७८

काठमाडौं- जीवन यात्राको एक अभिन्‍न अंग हो, विवाह। फाइनान्सियल म्यानेजमेन्टको ज्ञान नहुँदा केहीले उमेर पुगिसकेपछि पनि विवाहलाई थाँती राखेका हुन्छन्। केहीले विवाहपछिको फाइनान्सियल म्यानेजमेन्ट नजान्दा अनेक तनावको सामना गरिरहेका छन्। 

- विवाहपछि ज्वाइन्ट एकाउन्ट खोल्ने कि अलग-अलग एकान्ट खोल्ने भन्ने कुरामा द्विविधा हुनसक्छ। ज्वाइन्ट एकाउन्टमा युवतीको झुकाव बढी हुन्छ। उनीहरु चाहन्छन्, सबै कुरा एक भएपछि किन बैंक एकाउन्ट मात्र अलग गर्ने ?

- यसको सबैभन्दा राम्रो फाइदा के छ भने, दुईमध्ये एक कतै बाहिर गएको बेला पनि आवश्यक्ता अनुसार पैसा निकाल्न सकिन्छ।

- यसको साइट इफेक्ट चाहि के छ भने हिसाब नमिल्दा श्रीमान्-श्रीमतिबीच झगडा हुनसक्छ।

-  ज्वाइन्ट एकान्टसँगै अलग-अलग सेेभिङ एकान्ट पनि खोल्नुपर्छ।

- यदि तपाई कामकाजी हुनुहुन्छ भने, आफ्नो पारिश्रमिकको केहि हिस्सा सेभिङ एकाउन्टमा जम्मा गर्न सक्नुहुनेछ।

-  यदि गृहणी हुनुहुन्छ भने घर खर्चबाट बचाएको केहि पैसा जम्मा गर्न सक्नुहुनेछ।

-  ऋण वा लोन शेयर गर्ने कि नगर्ने ? यसमा पनि द्विविधिा उत्पन्न हुनसक्छ।

- के पार्टनरले लिएको खर्च दुबैका लागि आवश्यक छ ? यदि त्यसो हो भने तपाई पनि ऋण तथा लोनमा साझेदार बन्न सक्नुहुनेछ।

-यद्यपि के सोच्नुपर्छ भने, तपाईको यो निर्णयले आफ्नो इच्छा वा लक्ष्य प्रभावित हुनुहुँदैन।

- पारिवारिक जिम्मेवारी लिने कि नलिने ? भन्ने प्रश्न पनि अंहम रुपमा पैदा हुन्छ।

- कतिपयले पारिवारिक जिम्मेवारी सहज ढंगले ग्रहण गर्छन्। पार्टनरको बोझलाई आफुले पनि उठाउने हिम्मत गर्छन्।

- यदि यस किसिमको बिषयमा पार्टनरलाई साथ दिइएन भने केहि समस्या आउन सक्छ। जस्तो कि कारको लोन, घर निर्माण लोन आदिमा।

- सकेसम्म दुबैले समान रुपमा यस्तो जिम्मेवारी बहन गर्नु राम्रो हो।

प्रकाशित: Feb 07, 2022| 05:30 सोमबार, माघ २४, २०७८
प्रतिक्रिया दिनुहोस्