मंगलबार, जेठ ७, २०८२

घरका सबै सदस्यलाई बेहोस बनाएर दुई भारतीयले गरे लुटपाट

दुई दिन अगाडि कोठा भाडामा लिएर बस्दै आएका दुई भारतीयले कञ्चनपुरस्थित एक घरका सबै सदस्यहरुलाई बेहोस बनाएर लुटपाट गरेका छन्।
 |  शनिबार, माघ २२, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, माघ २२, २०७८

धनगढी- दुई दिन अगाडि कोठा भाडामा लिएर बस्दै आएका दुई भारतीयले कञ्चनपुरस्थित एक घरका सबै सदस्यहरुलाई बेहोस बनाएर लुटपाट गरेका छन्।

जिल्लाको भीमदत्त नगरपालिका–३, शुभप्रभात टोलका सन्तोश पाण्डेको परिवारका सबै सदस्यलाई बेहोस बनाएर शुक्रबार राति घरमा लुटपाट भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक चक्रबहादुर शाहका अनुसार घरमा दुई दिन अगाडि मात्र कोठा भाडा लिएर बस्दै आएका दुई जना भारतीय नागरिकले घरका सबै सदस्यहरुलाई बेहोस बनाएर लुटपाट गरेका हुन्।

प्रहरी नायब उपरीक्षक शाहले भने, ‘दुई दिनअघि मात्र उहाँको घरमा कोठा भाडा लिएर बस्‍ने गरेका दुई जना भारतीय नागकिरले शुक्रबार राति श्रीमतीको जन्मदिन परेको भन्दै मिठाइ र केक खुवाएका रहेछन्। मिठाइ र केकमा नसालु पदार्थ मिसाइएको रहेछ। खाएपछि सबै जना बेहोस् भएका रहेछन्। त्यसपछि लुटपाट भएको देखिन्छ।’

पाण्डे, उनकी श्रीमती कमला, छोरी सोना, छोरा सन्दिप र सुदिप बेहोस अवस्थामा घरमै भेटिएका प्रहरी नायब उपरीक्षक शाहले बताए। उनीहरुको महाकाली प्रादेशिक अस्पतालमा उपचार भइरहेको र अवस्था सामान्य रहेको शाहले बताए ।

‘लुटपाटमा संलग्‍न भारतीय नागरिकको पहिचान खुलेको छैन,’ उनले भने, ‘घरमा रहेको गरगहना, नगद, मोबाइल, कम्प्युटर लगायतका सरसामान चोरी भएको  पीडितले बताएका छन्।’ चोरीमा संलग्नहरुको खोजीकार्य भइरहेको उनले बताए।

प्रकाशित: Feb 05, 2022| 19:26 शनिबार, माघ २२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।