सोमबार, असार ३०, २०८२

छात्रवृति पाएपछि प्राविधिक शिक्षामा छात्राको बढ्दो आकर्षण

छात्रवृत्ति प्रदान गर्न थालेपछि छात्राहरुको सङ्ख्यामा उल्लेखनीय वृद्धि भएको हो। 'हामीले पिछडिएको, अति गरिब छात्राहरुलाई छात्रवृत्ति प्रदान गर्ने गरेका छौँ,' कलेजका प्रमुख वसन्त आचार्यले भने, 'त्यसले गर्दा अहिले प्राविधिक शिक्षा पढ्ने छात्राहरुको सङ्ख्यामा वृद्धि भएको हो।'
 |  आइतबार, माघ २३, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, माघ २३, २०७८

दाङ- तुलसीपुर उपमहानगरपालिकाले सञ्चालनमा ल्याएको मेट्रो कलेजमा छात्राहरुको सङ्ख्यामा उल्लेखनीय वृद्धि भएको छ।

छात्रवृत्ति प्रदान गर्न थालेपछि छात्राहरुको सङ्ख्यामा उल्लेखनीय वृद्धि भएको हो। 'हामीले पिछडिएको, अति गरिब छात्राहरुलाई छात्रवृत्ति प्रदान गर्ने गरेका छौँ,' कलेजका प्रमुख वसन्त आचार्यले भने, 'त्यसले गर्दा अहिले प्राविधिक शिक्षा पढ्ने छात्राहरुको सङ्ख्यामा वृद्धि भएको हो।'

प्राविधिक शिक्षा पढ्ने छोरीहरुको चाहनालाई पूरा गर्न छात्रवृत्तिको व्यवस्था गरेको कलेज प्रमुख आचार्यले बताए। सामुदायिक विद्यालयबाट एसइई गरेका उपमहानगरपालिकाभित्रका छात्राहरुलाई निःशुल्क प्राविधिक विषयको अध्यापन गराउन थालेको उनको भनाइ छ। अहिले शिक्षालयमा डिप्लोमा तहका विभिन्न १० वटा कार्यक्रम सञ्चालन भइरहेका छन्। हालसम्म ६४२ विद्यार्थीहरुले अध्ययन गरिरहेका छन्। तीमध्ये २१७ जनाले निःशुल्क रुपमा अध्ययन गरिरहेका छन्। 

आफूहरु यसरी छात्रवृत्तिमा पढ्न पाउँदा खुसी भएको रुकुमकी एरिका सुनारले बताए। उनले कानुन विषयमा अध्ययन गरिरहेका छन्। कलेजमा अहिले बाहिरी जिल्लाबाट पनि विद्यार्थी आउने गरेका छन्। अहिले २५ जिल्लाबाट विद्यार्थीहरु पढ्न आउने गरेका छन्। शिक्षालयको भवन निर्माणका लागि प्रदेश सरकारबाट रु २० करोडभन्दा बढीको काम भइरहेको छ। 

प्रकाशित: Feb 06, 2022| 01:10 आइतबार, माघ २३, २०७८
प्रतिक्रिया दिनुहोस्