काठमाडौं- पछिल्लो २४ घण्टामा देशभर एक हजार ७१४ कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा एन्टिजेन र पीसीआर विधिबाट आठ हजार ५१३ नमुनाको परीक्षण गरिएको थियो। पीसीआर विधिबाट एक हजार १०३ र एन्टिजेनबाट ६११ जनामा संक्रमण पुष्टि भएको छ।
२४ घण्टामा निको हुनेको संख्या भने चार हजार ७७१ रहेको छ। नेपालमा अहिले सक्रिय संक्रमितको संख्या ५२ हजार ७ सय ८० रहेको छ।
२४ घण्टामा ९ जनाले ज्यान गुमाएका छन्। यो सँगै नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ११ हजार ८ सय ३ पुगेको छ। २४ घण्टामा ५ लाख ८८ हजार ४ सय ४० जनाले खोप लगाएका छन्।