सोमबार, असार ३०, २०८२

२४ घण्टामा २ हजार ५२६ जनामा कोरोना संक्रमण, ५६ हजार सक्रिय संक्रमित

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ७३ जनाको नमुना परीक्षण गर्दा उक्त संख्यामा कोरोना पुष्टि भएको हो।
 |  शुक्रबार, माघ २१, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ २१, २०७८

काठमाडौं- पछिल्लो २४ घण्टामा नेपालमा २ हजार ५२६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ७३ जनाको नमुना परीक्षण गर्दा उक्त संख्यामा कोरोना पुष्टि भएको हो।  

सोही समयमा ८ हजार ४२५ जना संक्रमणमुक्त भएका छन् भने १६ जनाको मृत्यु भएको मन्त्रालयको तथ्यांक छ। हाल नेपालमा ५६ हजार  ४५७ जना कोरोनाका सक्रिय संक्रमित छन्।

हालसम्म नेपालमा  १० लाख ९७ हजार ५८९ जना संक्रमित भएकामा ८ लाख ९५ हजार ६ संक्रमणमुक्त भएका छन् भने ११ हजार ७९४ जनाको मृत्यु भएको छ।

प्रकाशित: Feb 04, 2022| 15:29 शुक्रबार, माघ २१, २०७८
प्रतिक्रिया दिनुहोस्