मंगलबार, असार ३१, २०८२

३१ सय ७५ संक्रमित थपिए, १४ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा देशभर ३ हजार १७५ जना कोरोना भाइरसका संक्रमित थपिएका छन्।
 |  बिहीबार, माघ २०, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, माघ २०, २०७८

काठमाडौं– पछिल्लो २४ घण्टामा देशभर ३ हजार १७५ जना कोरोना भाइरसका संक्रमित थपिएका छन्। 

१० हजार २६ जनाको पीसीआर परीक्षण गर्दा २ हजार ७४२ र २ हजार ५७९ जनाको एन्टिजेन परीक्षण गर्दा ४३३ जनामा संक्रमण पुष्टि भएको हो। जम्मा नमुना परीक्षण १२ हजार ६०५ जनाको भएको हो। 

सोही अवधिमा ८ हजार ७२३ जना संक्रमणमुक्त भएका छन् भने १४ जना संक्रमितको मृत्यु भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार आजको दिनमा सक्रिय संक्रमितको संख्या ६३ हजार २९६ छ। पछिल्लो २४ घण्टामा २ लाख ६६ हजार ५४० जनाले कोभिडविरुद्धको खोप लगाएका छन्।

प्रकाशित: Feb 03, 2022| 17:30 बिहीबार, माघ २०, २०७८
प्रतिक्रिया दिनुहोस्