मंगलबार, असार ३१, २०८२

कोभिड खोपको सफलतामा नेपाललाई डब्ल्युएच‌ओको बधाई

नेपालले १८ वर्षभन्दा माथिको उमेर समूहका ७० प्रतिशतलाई कोभिडविरुद्धको खोप उपलब्ध गराएको भन्दै विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) बधाई दिएको छ।
 |  बिहीबार, माघ २०, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, माघ २०, २०७८

काठमाडौं– नेपालले १८ वर्षभन्दा माथिको उमेर समूहका ७० प्रतिशतलाई कोभिडविरुद्धको खोप उपलब्ध गराएको भन्दै विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) बधाई दिएको छ।

नेपालको यो उपलब्धिप्रति खुसी व्यक्त गर्दै डब्ल्युएचओ नेपालले भनेको छ, ‘‘७० प्रतिशत जनसंख्यालाई कोभिडविरुद्धको पूर्ण खोप लगाउन सफल भएकोमा नेपाललाई बधाई। यो नेपाल तथा सहयोगी निकायको ठूलो सफलता हो। एकजुट भई सहकार्य गरे जे पनि सम्भव हुने यसले सावित गरेको छ। बिहीबार डब्ल्युएचओ नेपालले ट्विटरमार्फत नेपाललाई बधाई दिएको हो।

बुधबारसम्मको तथ्यांकअनुसार नेपालमा १८ वर्षभन्दा माथिका ८६‍‍.१ प्रतिशतले एक मात्रा र ७४.४ प्रतिशतले पूर्ण मात्राको खोप लगाइसकेका छन्। त्यसैगरी कुल जनस‍ंख्याको ५६.४ प्रतिशतले एक मात्रा र ४८.८ले पूर्ण मात्राको खोप लगाएका छन् ।

आगामी चैत मसान्तसम्ममा १८ वर्षमाथिका शतप्रतिशत नागरिकलाई कोभिडको पूर्ण खोप लगाइसक्ने लक्ष्य सरकारको छ। 

प्रकाशित: Feb 03, 2022| 17:04 बिहीबार, माघ २०, २०७८
प्रतिक्रिया दिनुहोस्