मंगलबार, असार ३१, २०८२

३ हजार ६३७ संक्रमित थपिए, १२ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा देशभर थप ३ हजार ६३७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
 |  बुधबार, माघ १९, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, माघ १९, २०७८

काठमाडौं– पछिल्लो २४ घण्टामा देशभर थप ३ हजार ६३७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका ११ हजार ५८२ जनाको परीक्षण गर्दा उक्त संख्यामा संक्रमण पुष्टि भएको हो।

मन्त्रालयका अनुसार २२०५ पीसीआर परीक्षणबाट र  १४३२ एन्टिजेन परीक्षणबाट संक्रमण पुष्टि भएको हो। पछिल्लो २४ घण्टामा ७ हजार ५५५ जना कोरोना संक्रमित निको भएका छन्। यस्तै, सोही अवधिमा १२ जना कोरोना संक्रमितले ज्यान गुमाएका छन्।

हाल देशभर ६९ हजार २९१ जना कोरोनाका सक्रिय संक्रमित छन्।

प्रकाशित: Feb 02, 2022| 16:46 बुधबार, माघ १९, २०७८
प्रतिक्रिया दिनुहोस्