मंगलबार, असार ३१, २०८२

सीटीईभीटीका परीक्षाहरू फागुन ६ बाट हुने

कोरोना संक्रमणका कारण स्थगित प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)का परीक्षा फागुन ६ गतेबाट सञ्चालन हुने भएका छन्।
 |  बुधबार, माघ १९, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, माघ १९, २०७८

काठमाडौं- कोरोना संक्रमणका कारण स्थगित प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)का परीक्षा फागुन ६ गतेबाट सञ्चालन हुने भएका छन्।  

परिषद्ले मंगलबार परीक्षा सञ्चालनको मितिबारे निर्णय गर्दै फागुन ६ बाट परीक्षा सञ्चालन हुने जनाएको हो। 

विशेष प्राविधिक शिक्षा छात्रवृत्ति कार्यक्रमअन्तर्गतका परीक्षा भने फागुन ८ बाट सञ्चालन हुने सीटीईभीटीले जनाएको छ।

प्रकाशित: Feb 02, 2022| 13:45 बुधबार, माघ १९, २०७८
प्रतिक्रिया दिनुहोस्