मंगलबार, असार ३१, २०८२

भारतमा कोरोनाबाट मृत्युदर बढ्दै, एकै दिन १७३३ जनाको निधन

भारतमा कोरोना संक्रमणदर घट्दै गए पनि मृत्युदर भने बढ्दै गएको छ।
 |  बुधबार, माघ १९, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, माघ १९, २०७८

काठमाडौं- भारतमा कोरोना संक्रमणदर घट्दै गए पनि मृत्युदर भने बढ्दै गएको छ। भारतमा पछिल्लो २४ घण्टामा १ लाख ६१ हजार ३८६ जनामा संक्रमण देखिएको छ। र, सोही अवधिमा २ लाख ८१ हजार १०९ जनाले संक्रमण जितेका छन्।

हाल भारतमा सक्रिय कोरोना संक्रमितको संख्या १६ लाख २१ हजार ६०३ पुगेको छ।

संक्रमण दर घटे पनि मृत्यु दर भने भारतमा पछिल्लो समय ह्वात्तै बढेको छ। पछिल्लो २४ घण्टामा कोरोनाबाट १ हजार ७३३ जनाको मृत्यु भएको छ। भारतमा संक्रमणका कारण मृत्यु हुनेको कूल संख्या ४ लाख ९७ हजार ९७५ पुगेको छ।

प्रकाशित: Feb 02, 2022| 11:31 बुधबार, माघ १९, २०७८
प्रतिक्रिया दिनुहोस्