काठमाडौं- सरकारले आठ महिनापछि खुला विश्वविद्यालयको उपकुलपति नियुक्त गरेको छ।
मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले खुला विश्वविद्यालयको उपकुलपतिमा डा. शिलु मानन्धरलाई नियुक्त गरेको हो।
शिक्षामन्त्रीको संयोजकत्वमा गठित सिफारिस समितिले मानन्धरसहित मनप्रसाद वाग्ले र ईन्द्र कार्कीको नाम सिफारिस गरेको थियो।
तीनजनाको नाम सिफारिस गरेकोमा मानन्धरलाई उपकुलपतिमा नियुक्त गरिएको स्रोतले जानकारी दिएको छ।