मंगलबार, असार ३१, २०८२

शिक्षामन्त्री पौडेलले मागे विश्वविद्यालय सुधारका योजना

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले त्रिभुवन विश्वविद्यालयका पदाधिकारीसंग विश्वविद्यालय सुधारका योजना मागेका छन्। मन्त्रालयमा सोमबार त्रिभुवन विश्‍वविद्यालयका उपकुलपतिसहितको छलफलमा मन्त्री पौडेलले त्रिभुवन विश्वविद्यालय सुधारका योजना माग गरेका हुन्।
 |  सोमबार, माघ १७, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, माघ १७, २०७८

काठमाडौं- शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले त्रिभुवन विश्वविद्यालयका पदाधिकारीसंग विश्वविद्यालय सुधारका योजना मागेका छन्। मन्त्रालयमा सोमबार त्रिभुवन विश्‍वविद्यालयका उपकुलपतिसहितको छलफलमा मन्त्री पौडेलले त्रिभुवन विश्वविद्यालय सुधारका योजना माग गरेका हुन्। 

‘मन्त्रालयले विश्वविद्यालय सुधारका लागि योजना बनाइरहेको छ,’ मन्त्री पौडेलले भने, ‘देशका ८० प्रतिशत विद्यार्थी ओगटेको विश्वविद्यालयले नयाँ योजना दिनुपर्‍यो हामी कार्यान्वयनको प्रक्रियामा लैजान्छौं।’

मन्त्री पौडेलले वार्षिक एक खर्बभन्दा बढि रकम मेडिकल शिक्षाका लागि विदेश गइरहेको बताउँदै काठमाडौं विश्वविद्यालय र त्रिभुवन विश्वविद्यालयले त्यसलाई रोकेर नेपालमै विद्यार्थीलाई पढ्ने वातावरणको सृजना गर्नुपर्ने बताए। ‘काठमाडौं विश्वविद्यालय र त्रिभुवन विश्‍वविद्यालयले मेडिकल कलेज पढ्ने विद्यार्थीको लागि सोच्नुपर्छ। काउन्सिलको परीक्षासहित अध्ययनको व्यवस्था यही गरौं विद्यार्थीले नेपालमै पढ्ने कुरामा हामीले ढोका खोलिदिनुपर्छ।’

मन्त्री पौडेलले कोष र क्‍वालिटीमा मन्त्रालयले हस्तक्षेप नगर्ने भन्दै विद्यार्थीलाई नेपालमै पढ्ने वातावरणको सिर्जना गरी त्यसका लागि मन्त्रालयले गाठो फुकाउनेमा प्रतिबद्धता जनाएका छन्।

विश्‍वविद्यालयका उपकुलपति धर्मकान्त बास्कोटाले विश्वविद्यालयको भौतिक पूर्वाधार सुधार, प्रविधि मैत्री विश्वविद्यालय, अनुसन्धानलाई प्राथमिकता शैक्षिक पात्रको व्यवस्था र त्यसको कडाइका साथ पालना गर्नुपर्ने विषयमा जानकारी दिए।

उनले परीक्षा प्रणालीमा सुधार तथा विकेन्द्रीकरण, बजारमुखी देशको आवश्यकतानुसारको जनशक्ति उत्पादन, आंगिक तथा सम्बन्धन प्राप्त कलेजहरुको प्रभावकारी नियमन, उच्च शिक्षा तर्फ अन्तर्राष्ट्रियकरण गर्दै लैजाने, सुशासनमा जोड लगायतका १५ सुत्रिय सुधार योजना प्रस्तुत गरेका थिए। 

उपकुलपति देवकोटाले राजनीतिक आडमा विभिन्न संगठनले तालाबन्दी गर्दा विद्यार्थीको पढाइ प्रभावित भएको बताए। ‘विभिन्‍न राजनीतिक दलका मान्छेहरुले १ सय ४९ दिन तालाबन्दी गरे। हामी असुरक्षित छौं भनेर गृहमन्त्रालयलाई सुरक्षाको माग गर्दा विश्वविद्यालयमा प्रहरी पठाउन मिल्दैन भन्नुहुन्छ,' उनले भने।

४० वर्षअघिका भौतिक संरचना २०७२ सालको भुकम्पले क्षति भएर रातो स्टिकर लगाइसेकपनि त्यही बसेर विद्यार्थीले अध्ययन गर्नुपर्ने बाध्यता रहेको प्रति उपकुलपति देवकोटाले मन्त्रीको ध्यानाकर्षण गराएका थिए।

प्रकाशित: Jan 31, 2022| 19:46 सोमबार, माघ १७, २०७८
प्रतिक्रिया दिनुहोस्