काठमाडौं- शिक्षा तथा मानवस्रोत विकास केन्द्रले भौतिक पूर्वाधार निर्माण गर्नुपर्ने विद्यालयको विवरण पठाउन शिक्षा विकास तथा समन्वय ईकाइलाई निर्देशन दिएको छ।
केन्द्रले सूचना जारी गर्दै विद्यालय तहमा निर्माण गर्नुपर्ने भौतिक संरचना (कक्षाकोठा,सौचालय) लगायतका पूर्वाधार र रेट्रोफिटिङ गर्नुपर्ने विद्यालयको विवरण पठाउन सबै जिल्लाका ईकाइहरूलाई निर्देशन दिएको हो।
यसका साथै केन्द्रले विद्यार्थी संख्या कम भएर समायोजन भएका र समायोजनको तयारीमा रहेका विद्यालयको विवरण समेत पठाउन निर्देशन दिएको छ।
केन्द्रले विद्यालयको भैतिक पूर्वाधार विकास, आईसीटी ल्याब व्यवस्थाप र प्राविधिक धार सञ्चालनमा रहेका विद्यालयहरूको ल्याब सुदृढीकरण तथा प्राविधिक धारका विद्यालय स्थापनाका लागि राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत प्रस्ताव आह्वान यसअघि नै गरिसकेको छ। कार्यक्रममा आवेदन दिने विद्यालयको संख्या १३ पुगेको छ।