मंगलबार, असार ३१, २०८२

हाल आइसीयू र भेन्टिलेटरमा उपचाररत संक्रमित कति?

ओमिक्रोन संक्रमण बढेसँगै नेपालमा गम्भीर प्रकृतिका संक्रमितको संख्या पनि बढेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हाल देशभर २ सय ८६ जना आइसीयू र ४७ जना भेन्टिलेटरमा उपचाररत छन्।
 |  आइतबार, माघ १६, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, माघ १६, २०७८

काठमाडौं-  ओमिक्रोन संक्रमण बढेसँगै नेपालमा गम्भीर प्रकृतिका संक्रमितको संख्या पनि बढेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हाल देशभर २ सय ८६ जना आइसीयू र ४७ जना भेन्टिलेटरमा उपचाररत छन्।

प्रदेश १ मा ३४ जना घइसीयू र ४ जना भेन्टिलेटरमा उपचाररत छन्। मधेश प्रदेशमा १७ जना आइसीयू र १ जना भेन्टिलेटरमा उपचार गराइरहेको मन्त्रालयले जनाएको छ।

बागमती प्रदेशमा १ सय ९८ जना आइसीयू, ३७ जना भेन्टिलेटर, गण्डकीमा ९ जना आइसीयू, २ जना भेन्टिलेटरमा उपचाररत छन्।

लुम्बिनीमा १८ जना आइसीयू, २ जना भेन्टिलेटर, कर्णालीमा ५ जना आइसीयू, सुदूरपश्चिममा ५ जना आइसीयू र एक जना भेन्टिलेटरमा उपचार गराइरहेको मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार उनीहरू देशका विभिन्न अस्पतालका आइसीयू तथा भेन्टिलेटरमा उपचाररत रहेका छन्।

यस्तै हाल देशभर ८७ हजार ३ सय ४१ जना सक्रिय संक्रमित रहेका छन्। ती मध्ये ८५ हजार ६ सय ३६ होम आइसोलेसनमा, १ हजार ६ सय ९३ जना संस्थागत आइसोलेसनमा, २ सय ८६ जना आइसीयूमा र ४७ जना भेन्टिलेटरमा उपचाररत छन्।

प्रकाशित: Jan 30, 2022| 12:39 आइतबार, माघ १६, २०७८
प्रतिक्रिया दिनुहोस्