मंगलबार, असार ३१, २०८२

२४ घण्टामा ४ हजार ९०४ मा कोरोना संक्रमित थपिए, ६ जनाको मृत्यु

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २४ घण्टामा एन्टिजेन र पीसीआर विधिबाट १४ हजार ५६२ परीक्षण हुँदा चार हजार ९०४ जना संक्रमित थपिएको शनिबार जानकारी दिएको हो।
 |  शनिबार, माघ १५, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, माघ १५, २०७८

काठमाडौं- पछिल्लो २४ घण्टामा देशभर चार हजार ९०४ कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २४ घण्टामा एन्टिजेन र पीसीआर विधिबाट १४ हजार ५६२ परीक्षण हुँदा चार हजार ९०४ जना संक्रमित थपिएको शनिबार जानकारी दिएको हो।

१० हजार १०१ पीसीआर परीक्षण गर्दा ३ हजार ३१८ मा संक्रमण पुष्टि भएको र ४ हजार ४६१ मा एन्टिजेन परीक्षण हुँदा १ हजार ५८६ मा पोजिटिभ देखिएको छ।

२४ घण्टामा निको हुनेको संख्या भने ५ हजार ९२४ रहेको मन्त्रालयले तथ्यांकमा उल्लेख छ। योसँगै हालसम्म ८ लाख ४८ हजार ३६० जना निको भएका छन्।

२४ घण्टामा कोरोनाबाट ६ जनाको मृत्यु भएको छ। हालसम्म नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ७०३ पुगेको छ।

२४ घण्टामा २ लाख ७२ हजार ७४८ जनाले खोप लगाएको मन्त्रालयले जनाएको छ। यस्तै सक्रिय संक्रमितको संख्या भने ८७ हजार ३२९ पुगेको छ।

प्रकाशित: Jan 29, 2022| 17:30 शनिबार, माघ १५, २०७८
प्रतिक्रिया दिनुहोस्