काठमाडौं– पछिल्लो २४ घण्टामा ६ हजार ८२७ कोरोना संक्रमित थपिएका छन्।
१९ हजार ८६९ नमुना परीक्षण गर्दा सो संख्यामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।
त्यस्तै सोही अवधिमा ५ हजार ४३२ जना संक्रमणमुक्त भएका छन्। शुक्रबार १० जना संक्रमितको मृत्यु भएको छ भने सक्रिय संक्रमितको संख्या ८९ हजार ४९१ छ।