बिहीबार, असार २६, २०८२
  • गृहपृष्ठ
  • प्रदेश
  • राष्ट्रिय सभा निर्वाचन प्रदेश १ : गोलाप्रथामा गठबन्धनका गोपाल बस्‍नेत विजयी

राष्ट्रिय सभा निर्वाचन प्रदेश १ : गोलाप्रथामा गठबन्धनका गोपाल बस्‍नेत विजयी

निर्वाचनमा कांग्रेसका गोपाल बस्‍नेतले ४ हजार ४ सय ८८ मत पाउँदा एमालेका बरालले पनि त्यति नै मत पाएका थिए।
 |  बुधबार, माघ १२, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, माघ १२, २०७८

विराटनगर- राष्ट्रियसभा निर्वाचन अन्तर्गत प्रदेश १ को खुलातर्फ बराबरी मतभार ल्याएका सत्ता गठबन्धनका उम्मेद्वार र एमाले उम्मेद्वारबीच गोलाप्रथा भएको छ। गोलाप्रथामा गठबन्धनका गोपाल बस्‍नेतले विजयी भएका छन्। एमालेका गुरु बराल पराजित भएका छन्।

निर्वाचनमा कांग्रेसका गोपाल बस्‍नेतले ४ हजार ४ सय ८८ मत पाउँदा एमालेका बरालले पनि त्यति नै मत पाएका थिए। 

यसअघि गठबन्धनका उम्मेदवारलाई हराँउदै प्रदेश नं १ मा नेकपा एमालेका उम्मेद्वार सोनाम ग्याल्जेन शेर्पा राष्ट्रिय सभामा विजयी भएका छन्।

अल्पसङ्ख्यक कोटाबाट उम्मेदवार बनेका उनले प्रदेशसभाका ४२ जना र १५२ जना स्थानीय तहका जनप्रतिनिधिको मत पाएका हुन्। ४ हजार ७ सय ५२ मतभार उनले प्राप्त गर्दा गठबन्धनका हेमराज राईले ४९ प्रदेशसभातर्फ र स्थानीय तहका ११३ जनाको मत प्राप्त गरे।

जसपाका उनको कूल मतभार ४ हजार ३ सय ८६ मत भएको छ  गठबन्धनतर्फ धेरै मत भए पनि जसपाका राईले कम मत पाउँदा एमाले उम्मेद्वार शेर्पा विजयी बनेका हुन् ।

यस्तै महिलातर्फ नेकपा एकीकृत समाजवादीकी जयन्ती राई निर्वाचित भएकी छन्। बुधबार भएको मतगणना अनुसार उनले प्रदेशसभाको ५२ र स्थानीय तहको १२२ जनप्रतिनिधिको मत पाइन्। अन्तिम मत परिमाण अनुसार गठबन्धनकी राईले ४ हजार ६ सय ९२ मतभार पाएकी छिन्।

उनकी प्रतिद्वन्द्वी नेकपा एमालेकी उम्मेदवार सुमित्रा भण्डारीले प्रदेशसभाका ३८ र स्थानीय तहका १४१ जनप्रतिनिधिको मत पाइन्। उनको मतभार ४ हजार ३ सय ६२ पुगेको छ। राप्रपाकी रञ्जु प्याकुरेलले प्रदेश सभामा १ र स्थानीय तहमा ४ गरी १२० मतभार प्राप्त गरिन्। 

प्रकाशित: Jan 26, 2022| 18:08 बुधबार, माघ १२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।