शुक्रबार, जेठ १७, २०८२

प्रदेश १ मा सामाजिक विकासमन्त्री यादवले गरे पहिलो मतदान

प्रदेश १ मा राष्ट्रिय सभा सदस्य पदका लागि मतदान सुरु भएको छ। सामाजिक विकासमन्त्री जयराम यादवले पहिलो मतदान गरेका छन्।
 |  बुधबार, माघ १२, २०७८

नेत्र पी अधिकारी

नेत्र पी अधिकारी

बुधबार, माघ १२, २०७८

विराटनगर- प्रदेश १ मा राष्ट्रिय सभा सदस्य पदका लागि मतदान सुरु भएको छ। सामाजिक विकासमन्त्री जयराम यादवले पहिलो मतदान गरेका छन्।

प्रदेश १ मा तीन सिटका लागि मतदान हुँदैछ। तीन सिटका लागि सत्ता गठबन्धन, एमाले र राप्रपाका गरी ८ जना उम्मेदवार प्रतिस्पर्धामा छन्।

अन्य, महिला र अपाङ्गता वा अल्पसंख्यक गरी तीन सिटका लागि गठबन्धनका तर्फबाट अन्य समूहमा नेपाली कांग्रेसका गोपालकुमार बस्नेत, महिलामा नेकपा एकीकृत समाजवादीकी जयन्ती राई र अपाङ्गता वा अल्पसंख्यकमा जनता समाजवादी पार्टीका हेमराज राई , नेकपा एमालेबाट अन्यमा गुरु बराल, महिलामा सुमित्रा सुवेदी भण्डारी र अपाङ्गता वा अल्पसंख्यकमा सोनाम गेल्जेन शेर्पा, राप्रपाबाट अन्यमा अम्बरबहादुर विष्ट र महिलामा रञ्जु प्याकुरेल चुनावी प्रतिस्पर्धामा छन्।

प्रदेश १ मा स्थानीय तह र प्रदेश गरी ९ हजार ३१२ मतभार छ। जसमा नेकपा एमालेको ४ हजार ५२४ रहेको छ। उसको स्थानीय तहमा २ हजार ५५६ र प्रदेशमा १ हजार ९६८ मतभार रहेको छ। पाँच दलीय गठबन्धनको मतभार ४ हजार ६६८ रहेको छ। राप्रपाको १२० मतभार छ।

स्थानीय तहका प्रमुख- उपप्रमुख २७२ र प्रदेश सांसदहरू ९२ गरी ३६४ मतदाता रहेको प्रदेश निर्वाचन कार्यालयका प्रमुख लेवन कश्यप अधिकारीले बताए। स्थानीय तहका प्रमुख-उपप्रमुखको १८ र प्रदेश सांसदको मतभार ४८ छ।

प्रकाशित: Jan 26, 2022| 09:35 बुधबार, माघ १२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।