मंगलबार, असार ३१, २०८२

ओमिक्रोन अन्य भेरियन्टभन्दा छाला र प्लास्टिकमा लामो समयसम्म बाँच्‍न सक्छ : अध्ययन

कोरोना महामारीको पछिल्लो समय देखिएको ओमिक्रोन भेरियन्ट अहिले विश्‍वभर फैलिएको छ। यो भेरियन्ट नोभेम्बर २४ मा पहिलो पटक दक्षिण अफ्रिकामा देखा परेको थियो।
 |  बुधबार, माघ १२, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, माघ १२, २०७८

काठमाडौं- कोरोना महामारीको पछिल्लो समय देखिएको ओमिक्रोन भेरियन्ट अहिले विश्‍वभर फैलिएको छ। यो भेरियन्ट नोभेम्बर २४ मा पहिलो पटक दक्षिण अफ्रिकामा देखा परेको थियो। 

यस भेरियन्टको विषयमा विश्‍वभरका वैज्ञानिकहरु अध्ययन गरिरहेका छन्। जापानी अनुसन्धानकर्ताहरुले गरेको एक अध्ययनपछि विगतका कोरोना भेरियन्टभन्दा ओमिक्रोन भेरियन्ट मानिसको छाला र प्लास्टिकमा लामो समयसम्म बाँच्‍नसक्ने कुरा पत्ता लगाएका छन्। 

जापानी अनुसन्धानकर्ताहरुले गरेको प्रयोगशाला परीक्षणपछि यस्तो नतिजा आएको बताएका छन्। ओमिक्रोन सामान्य वातावरणमा पनि लामो समयसम्म जीवित रहने बताइएको छ। विश्‍वभर तीव्ररुपमा फैलिइरहेको ओमिक्रोन भेरियन्टले चाँडै डेल्टा भाइरसलाई रिप्लेस गर्नसक्नेसमेत बताइएको छ। 

यसअघि देखिएका कोरोनाको पहिलो भेरियन्ट, अल्फा, बिटा, गामा र डेल्टा भेरियन्ट प्लास्टिकमा क्रमश: ५६ घण्टा, १९१.३, १५६.३, ५९.३ र ११४ घण्टा बाँच्‍नसक्ने बताइएको छ। तर, ओमिक्रोन सबैभन्दा बढी १९३.५ घण्टा बाँच्‍नसक्ने अनुसन्धानले देखाएको छ। 

त्यसैगरी छालामा ओमिक्रोन भेरियन्ट २१ घण्टासम्म बाँच्‍नसक्ने बताइएको थियो। यसअघि सबैभन्दा बढी अल्फा भेरियन्ट छालामा बाँच्‍नसक्ने भनेको १९ घण्टा थियो। - रोयटर्स

प्रकाशित: Jan 26, 2022| 05:00 बुधबार, माघ १२, २०७८
प्रतिक्रिया दिनुहोस्