मंगलबार, असार ३१, २०८२

कोसी अस्पतालमा १२२ स्वास्थ्यकर्मीमा कोरोना पुष्टि

प्रदेश १ को कोसी अस्पतालमा कार्यरत १ सय २२ स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएको छ।
 |  मंगलबार, माघ ११, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, माघ ११, २०७८

विराटनगर- प्रदेश १ को कोसी अस्पतालमा कार्यरत १ सय २२ स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएको छ। मेसु चुमनलाल दाससहित १ सय २२ स्वास्थ्यकर्मी र कर्मचारीमा कोरोना पुष्टि भएको अस्पताल प्रशासनले जनाएको छ।

लक्षण नै नदेखिएर अस्पतालका कर्मचारीमा संक्रमण पुष्टि भइरहेको हो। २२ जना विशेषज्ञ चिकित्सक, ४१ नर्स, ११ जना पारामेडिसिन र ८ जना प्रशासनका कर्मचारीलगायत संक्रमित भएका छन्। 

स्वास्थ्य सेवा लिन जाने बिरामी र कुरुवाले कोरोनाको बेवास्ता गर्दा अस्पताल क्षेत्र झनै जोखिममा रहेको छ। अस्पताल प्रशासनले ठूलो संख्यामा चिकित्सक संक्रमित हुँदा स्वास्थ्य सेवा दिन असहज हुनेभन्दै सावधानी अपनाउन आग्रह गरेको छ।

प्रकाशित: Jan 25, 2022| 10:41 मंगलबार, माघ ११, २०७८
प्रतिक्रिया दिनुहोस्