काठमाडौं– नेपालमा पछिल्लो २४ घण्टामा १० हजार ३१९ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर विधिबाट ८ हजार ५४ र एन्टिजेन विधिबाट २२ सय ६५ जनामा कोरोना पुष्टि भएको हो।
देशभरका ल्याबमा आरटी पीसीआर विधिबाट २१ हजार २०१ नमुना परीक्षण भएको थियो। त्यस्तै एन्टिजेन विधिबाट ४५ सय ४७ नमुना परीक्षण भएको थियो।
यही अवधिमा चार जना कोरोना संक्रमितले ज्यान गुमाएका मन्त्रालयले जनाएको छ। सोमबार सक्रिय संक्रमितको संख्या ८२ हजार ५५० छ।