काठमाडौं- शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा कोरोना भाइरसविरुद्धको खोप अभियान एक हप्ताका लागि स्थगित गरिएको छ।
अस्पतालका निर्देशक डा मनिषा रावलले अस्पतालमा ५० भन्दा बढी चिकित्सक, स्वास्थ्यकर्मी र अन्य कर्मचारीलाई कोरोना भाइरसको संक्रमण भएकाले स्थगित गर्नुपरेको बताए। उनका अनुसार माघ १० देखि माघ १६ गतेसम्म खोप अभियान स्थगित गरिएको हो।
अस्पतालमा कोरोना भाइरसविरुद्धको पहिलो मात्रा, पूर्ण मात्रा र बुष्टर डोज उपलब्ध गराउँदै आएको थियो।