बुधबार, साउन १, २०८२

माघ ११ देखि सबै कक्षाहरु अनलाइन माध्यमबाट सञ्‍चालन गर्ने त्रिविको निर्णय

त्रिविले अनलाइन कक्षा व्यवस्थित गर्नका लागि हरेक क्याम्पसका सहायक प्रमुखको संयोजकत्वमा बढीमा सात सदस्यीय अनलाइन कक्षा व्यवस्थापन समिति गठन गर्नुपर्ने, विभागले विभागीय प्रमुखको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गर्नुपर्ने र १० गतेभित्र अनलाइन कक्षाको तालिका बनाएर सम्बन्धित डिनको कार्यालयमा पठाउनुपर्ने त्रिवि कार्यकारी परिषद्ले निणर्य गरेको छ।
 |  आइतबार, माघ ९, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, माघ ९, २०७८

काठमाडौं- त्रिभुवन विश्वविद्यालयले सबै आंगिक क्याम्पसमा माघ ११ गतेदेखि अनलाइन माध्यमबाट सैद्धान्तिक कक्षा सञ्‍चालन गर्न निर्देशन दिएको छ। त्रिवि कार्यकारी परिषद्ले कोरोना संक्रमण बढेका कारण सबै क्याम्पसले ११ गतेदेखि अनलाइन कक्षा सञ्चालन गर्नुपर्ने निणर्य गरेको हो।

त्रिविले अनलाइन कक्षा व्यवस्थित गर्नका लागि हरेक क्याम्पसका सहायक प्रमुखको संयोजकत्वमा बढीमा सात सदस्यीय अनलाइन कक्षा व्यवस्थापन समिति गठन गर्नुपर्ने, विभागले विभागीय प्रमुखको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गर्नुपर्ने र १० गतेभित्र अनलाइन कक्षाको तालिका बनाएर सम्बन्धित डिनको कार्यालयमा पठाउनुपर्ने त्रिवि कार्यकारी परिषद्ले निणर्य गरेको छ।

त्रिविले भौतिक उपस्थितमा गर्नुपर्ने प्रयोगात्मक परीक्षा, अभ्यास शिक्षण र इन्टर्नशिप लगायतका क्रियाकलाप स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर गर्न सकिने पनि जनाएको छ। अनलाइन कक्षा व्यवस्थित भए-नभएको अनुगमन गर्न डिनको संयोजकत्वमा अनलाइन कक्षा अनुगमन समिति पनि बन्‍ने भएको छ। यस्तै अनलाइन पठनपाठन र परीक्षासम्बन्धी शिक्षकहरूलाई तालिम दिने र त्यसको विवरण सबै क्याम्पस, विभाग, अध्ययन संस्थानहरूले डिन कार्यालय पेस गर्नुपर्नेछ। अनलाइनमा तोकेको कक्षा लिने शिक्षकको हाजिरी अनलाइनबाटै हुने भएको छ। चिकित्साशास्त्र अध्ययन संस्थानका अन्तर्गतका परीक्षा स्वास्थ्यको मापदण्ड पालना गरेर अध्ययन संस्थानबाटै निणर्य गरेर सञ्चालन गर्ने, विद्यार्थीको आन्तरिक मूल्याङ्कन अनलाइनको माध्यमबाट गराउने तथा सबै संकाय र संस्थानले अनलाइनबाट परीक्षा लिने ढाँचा र कार्यविधि तयार गर्न त्रिविले निर्देशन दिएको छ।

त्रिविले सबै क्याम्पसलाई बैठक गर्दा भर्चुअल माध्यमबाट सञ्चालन गर्न, नेपाल सरकरको आदेशलाई पूणर् रुपमा पालना गर्न ,स्थानिय निकायसंग छलफल गरी प्रशासनिक सेवा प्रदान गर्न त्रिवि विघुत्तिय सञ्चार व्यवस्थापन सम्बन्धी निर्देशिका २०७७, बमोजिम सञ्चालन गर्न निर्देशन दिएको छ।

प्रकाशित: Jan 23, 2022| 17:25 आइतबार, माघ ९, २०७८
प्रतिक्रिया दिनुहोस्