सोमबार, जेठ ६, २०८२
  • गृहपृष्ठ
  • प्रदेश
  • भारतले अयोध्यादेखि नेपाली सीमा भीठामोडसम्म ४ लेनको रामजानकी मार्ग बनाउने

भारतले अयोध्यादेखि नेपाली सीमा भीठामोडसम्म ४ लेनको रामजानकी मार्ग बनाउने

भारतको उत्तरप्रदेश राज्यस्थित रहेको रामजन्मभूमि अयोध्यादेखि नेपाल जोड्ने भीठामोड नाकासम्म चारलेनको रामजानकी मार्ग निर्माण गर्न लागेको भारत सरकारले जनाएको छ।
 |  आइतबार, माघ ९, २०७८

जयन्त ठाकुर

जयन्त ठाकुर

आइतबार, माघ ९, २०७८

जनकपुरधाम- भारत सरकारले भगवान रामको जन्मभूमि अयोध्यादेखि नेपाली सीमा भीठामोडसम्म जोड्ने चारलेनको सडक निर्माण गर्ने भएको छ। भारतको उत्तरप्रदेश राज्यस्थित रहेको रामजन्मभूमि अयोध्यादेखि नेपाल जोड्ने भीठामोड नाकासम्म चारलेनको रामजानकी मार्ग निर्माण गर्न लागेको भारत सरकारले जनाएको छ।  

भारतका केन्द्रीय सडक परिवहन एवं राजमार्ग मन्त्री नितिन गडकरीले बिहार सरकारका पथ निर्माण मन्त्री नितिन नवीनलाई पत्र लेखेर रामजानकी मार्ग निर्माणसम्बन्धी जानकारी गराएका हुन्। 

पीएम प्याकेज बिहार २०१५ अन्तर्गत सो सडक निर्माण गर्न लागिएको पत्रमा भनिएको छ। २४० किलोमिटर लम्बाईको सो सडकखण्डको निर्माण कार्य एनएचआईले गर्नेछ। यसका लागि बिहार सरकारले केन्द्र सरकारसँग स्वीकृति मागेको थियो।  जसको स्वीकृतिसहितको पत्र केन्द्रले बिहार सरकारलाई पठाएको हो।

भारतका केन्द्रीय मन्त्री नितिन गड्करीले बिहार सरकारलाई पठाएको पत्र। 

पत्रमा भनिएको छ, ‘बिहार राज्यको रामजानकी मार्गको चार लेनको सडक मापदण्ड अनुसार विकास गरिने छ। राम जानकी मार्ग उत्तर प्रदेशमा भगवान रामको जन्मस्थल अयोध्याबाट सुरु भई नेपालको जनकपुरधाममा अन्त्य हुन्छ। माता सीताको जन्मस्थल बसन्ती-बहालगंज बिहार राज्यको महराउना घाट, सिवन चाकिया, सीतागढी, भिठामोड हुँदै जनकपुरधाममा अन्त्य हुन्छ।’ 

भारतका केन्द्रीय मन्त्री गडकरीद्वारा लेखिएको पत्रमा थप भनिएको छ, ‘रामजानकी मार्गको धार्मिक महत्व र तपाईको अनुरोधलाई स्वीकार गर्दै यस राजमार्गको बिहार राज्यको सम्पूर्ण भाग ४ लेनको बनाउने निर्णय भएको छ भन्ने कुरा खुशीका साथ जानकारी गराउन चाहन्छु।’

सो सडकको निर्माणसँगै अयोध्याबाट माता सीताको भूमि जनकपुरधाम आउने भारतीय पर्यटकको संख्यामा वृद्धि हुने बताइएको छ। 

प्रकाशित: Jan 23, 2022| 17:40 आइतबार, माघ ९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।