काठमाडौं– पछिल्लो २४ घण्टामा देशभर ६ हजार ४६२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। ४ हजार ६० जनाको एन्टिजेन परीक्षणमा ६४ जना र १३ हजार ३७७ पीसीआर परीक्षणमा ५ हजार ५९ जनामा संक्रमण पुष्टि भएको हो।
सोही अवधिमा १ हजार ४१६ जना संक्रमणमुक्त भएका छन् भने ४ जना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक छ। आज परीक्षणको ४१.८ प्रतिशतमा कोरोना पुष्टि भएको हो।