काठमाडौं- छुट अस्थायी करार शिक्षकले आन्तरीक प्रतिस्पर्धाबाट स्थायीको प्रक्रियामा लान माग गर्दै सर्वोच्च अदालतमा मुद्दा दायर गरेका छन्।
२०७२ असोज २ पछि अस्थायी करारमा नियुक्त शिक्षकको संघर्ष समतिले राज्यले कुनै नश्चिति मापदण्ड विना आफूहरूलाई आन्तरिक प्रतिस्पर्धामा सामेल नगराई स्थायीको प्रक्रियामा नै सहभागि नगराएकाले प्रक्रियामा सहभागी गराउन माग गर्दै सर्वोच्च अदालतमा रीट दायर गरेका हुन्।
नेपाल बार एसोसयिसनका पूर्व अध्यक्ष प्रेम बहादुर खड्काको सहयोगमा समतिकिा अध्यक्ष अनतिा थापाले सर्वोच्चमा रिट दायर गरेकी हुन्। सर्वोच्चमा २०७८/०७८० नम्बरमा रिट दर्ता भएको छ।
समितिकी अध्यक्ष थापाले आफूहरुलाई आन्तरिक प्रतिस्पर्धाबाट छुटाइएको र शिक्षक सेवा आयोगको खुल्ला परीक्षामा समेत उमेर हद लगाइएकोले त्यसलाई ऐन मार्फत सम्बोधन गनुपर्ने बताइन्। सरकारले आफ्ना माग प्रति वेवास्ता गरेकाले अन्तिम वकिल्पको रूपमा सर्वोच्च अदालत जाने निर्णय गरेको उनको भनाई छ।