बुधबार, साउन १, २०८२

काठमाडौं उपत्यकामा ५ हजार ३०६ कोरोना संक्रमित थपिए

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा तीन हजार ७६२, ललितपुरमा एक हजार ११० र भक्तपुरमा ४३४ जना संक्रमित थपिएका हुन्।
 |  शनिबार, माघ ८, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, माघ ८, २०७८

काठमाडौं- पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा पाँच हजार ३०६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा तीन हजार ७६२, ललितपुरमा एक हजार ११० र भक्तपुरमा ४३४ जना संक्रमित थपिएका हुन्।

मन्त्रालयका अनुसार १५ जिल्लामा सक्रिय संक्रमितको संख्या ५०० भन्दा बढी छ। जसमा प्रदेश १ को झापा, मोरङ र सुनसरी, मधेश प्रदेशको धनुषा, बागमतीको काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, मकवानपुर र काभ्रे, गण्डाकीको कास्की र नवलपुर, लुम्बिनीको बाँके र रुपन्देही तथा सुदूरपश्चिम प्रदेशको कैलाली जिल्लामा संक्रमितको संख्या ५०० बढी छ।

१७ जिल्लामा संक्रिय संक्रमितको संख्या २०० भन्दा बढी भइसकेको छ ।

यस्तै कास्कीमा ४००,मोरङमा २७३, सुनसरीमा २१२, कैलालीमा १७०, चितवनमा १५३, रुपन्देहीमा १४९, बाँकेमा १४८, मकवानपुरमा १४७ र काभ्रेमा १०१ जनामा संक्रमण पुष्टि भएको छ।

प्रकाशित: Jan 22, 2022| 17:03 शनिबार, माघ ८, २०७८
प्रतिक्रिया दिनुहोस्