बुधबार, साउन १, २०८२

५- ११ वर्षका बालबालिकालाई खोपको अभियान छिट्टै : प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले पाँचदेखि ११ वर्षसम्मका बालबालिकाका लागि खोपको अभियान छिट्टै प्रारम्भ गरिने बताएका छन्
 |  शुक्रबार, माघ ७, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ ७, २०७८

काठमाडौं-  प्रधानमन्त्री शेरबहादुर देउवाले पाँचदेखि ११ वर्षसम्मका बालबालिकाका लागि खोपको अभियान छिट्टै प्रारम्भ गरिने बताएका छन्। १२ देखि १७ वर्ष उमेरका किशोर किशोरी १८ लाखभन्दा बढीलाई पहिलो मात्राको खोप दिइएको उल्लेख गर्दै अग्रपङ्कतिमा काम गर्ने व्यक्तिका लागि बुस्टर डोज अभियान शुरु भइसकेको समेत बताए। 

यसैगरी ६० वर्षभन्दा माथि उमेर समुहका नागरिकका लागि बुस्टर डोज यसै महिनादेखि उपलब्ध गराइने उनले जानकारी गराए।  प्रधानमन्त्री देउवाले आज अपराह्न राष्ट्रका नाममा सम्बोधन गर्दै सरकारको पहिलो प्राथमिकता कोभिड–१९ को सङ्क्रमणवाट जनताको जीवन रक्षा गर्ने, शीघ्र आर्थिक पुनरुत्थान गर्ने, आर्थिक सामाजिक क्रियाकलापलाई सामान्य अवस्थामा फर्काई सञ्चालन गर्ने कार्यलाई प्राथमिकतामा राखी विभिन्न सुधार कार्य अगाडि बढाएकोले गत छ महिनामा मुलुकको आर्थिक क्रियाकलापमा तीव्र विस्तार भएको उल्लेख गरे। सामाजिक क्रियाकलापमा पनि अपेक्षित सुधार आएको उनको भनाइ छ।

यस अवधिमा १८ वर्ष माथिका एक करोड–९९ लाख २२ हजार १६४ खोप लगाउन योग्य नेपाली जनता मध्येमा ५९.६ प्रतिशतलाई पूर्णमात्राको खोप उपलब्ध गराइएको छ भने ७८.३ प्रतिशतलाई पहिलो डोजको खोप वितरण गरिसकिएको छ।

यो अवधिसम्ममा विभिन्न प्रकारका कुल चार करोड तीन लाख ८८ हजार ८४० डोज खोप प्राप्त गरी दुई करोड ७४ लाख ७५ हजार ९९५ डोज खोप वितरण गरिएको छ। पुस मसान्त सम्ममा  एक मात्रा खोप लगाएको जनसङ्ख्या एक करोड ५६ लाख छ हजार २१ र  पूर्णमात्राको खोप लगाएको जनसङ्ख्या एक करोड १८ लाख ६९ हजार ९७४ रहेको छ।

प्रकाशित: Jan 21, 2022| 23:00 शुक्रबार, माघ ७, २०७८
प्रतिक्रिया दिनुहोस्