बुधबार, साउन १, २०८२

बुस्टर डोज तत्काल उपलब्ध गराउन नेपाल शिक्षक संघको माग

नेपाल शिक्षक संघले कोभिड– १९ विरुद्धको तस्रो (बुस्टर डोज) खोप विद्यालयमा कार्यरत शिक्षक र कर्मचारीलाई उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराएको छ।
 |  शुक्रबार, माघ ७, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ ७, २०७८

काठमाडौं– नेपाल शिक्षक संघले कोभिड– १९ विरुद्धको तस्रो (बुस्टर डोज) खोप विद्यालयमा कार्यरत शिक्षक र कर्मचारीलाई उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराएको छ। संघका अध्यक्ष राजेन्द्रराज पौडेलले विज्ञप्ति जारी गर्दै लाखौं विद्यार्थीको भविष्य निर्माणका लागि कृतसंकल्पित र क्रियाशील शिक्षक तथा विद्यालय कर्मचारीलाई अग्रस्थानमा काम गर्नेहरुको सूचीमा राखी प्राथमिकताका साथ कोभिड–१९ विरुद्धको तेस्रो डोज (बुस्टर डोज) खोप सहज तबरले तत्काल उपलब्ध गराउन माग गरेका हुन्।

संघले यस विषयमा नेपाल शिक्षक महासंघसँग पहल गर्न अनुरोध समेत गरेको छ। विगतका दुईवटा लहरको प्रभावका कारण लामो समयसम्म समस्या बनेको शैक्षिक गतिविधिलगायतको जनजीवन सामान्य अवस्थातर्फ फर्किन लागेको समयमा तीव्र र आक्रामक रुपमा फैलिएको कोभिड-१९ को तेस्रो लहर ओमिक्रोनका कारण शैक्षिक गतिविधि ठप्प भएको र सरकारले स्मार्ट लकडाउन गर्न बाध्य भइरहेको यस परिवेशमा लाखौँ विद्यार्थी, शिक्षक तथा विद्यालय कर्मचारीहरु अत्यन्त जोखिममा रहेको विज्ञप्तिमा उल्लेख गरेको छ।

नेपाल सरकारले विद्यार्थीहरुको स्वास्थ्यलाई विशेष महत्व दिँदै अभियानको रुपमा खोप दिने कार्यको थालनी गरेको र यसलाई प्रभावकारी ढंगबाट लागू गर्न सरकारको ध्यानाकर्षण गराएको छ। संघले महामारीको समयमा पनि विद्यार्थीको सिकाइलाई सहजीकरण गर्न ‘घरघरमा विद्यालय अभियान’ लाई स्थान र समयसापेक्ष आवश्यक परिमार्जनसहित विद्यार्थीको सिकाइ क्रियाकलापमा जोडिनका लागि सबै शिक्षकलाई आग्रह गरेको छ।


प्रकाशित: Jan 21, 2022| 16:19 शुक्रबार, माघ ७, २०७८
प्रतिक्रिया दिनुहोस्