बुधबार, साउन १, २०८२

नेपालले पोषणमा हासिल गरेको उपलब्धि कोभिडले गर्दा जोखिममा : युनिसेफ

युनिसेफले जारी गरेको मातृ तथा बाल 'पोषण जर्नल'को विशेषांकअनुसार नेपालले महिला तथा बालबालिकाको पोषणमा हासिल गरेको उपलब्धि कोभिड १९ महामारीले गर्दा जोखिममा परेको छ।
 |  शुक्रबार, माघ ७, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ ७, २०७८

काठमाडौं- युनिसेफले जारी गरेको मातृ तथा बाल 'पोषण जर्नल'को विशेषांकअनुसार नेपालले महिला तथा बालबालिकाको पोषणमा हासिल गरेको उपलब्धि कोभिड १९ महामारीले गर्दा जोखिममा परेको छ। 

सूचकहरू अनुसार कोभिड-१९ महामारीले गर्दा यो अवस्था अझै बिग्रने सम्भावनासमेत रहेको छ। 

सन् १९९६ र २०१६ को अन्तरालमा नेपालको प्रारम्भिक स्तनपानको दर १८ प्रतिशतबाट ५६ प्रतिशत पुगेको थियो। शिशुलाई पुरक खाना खुवाउने दर ५४ प्रतिशतबाट ७७ प्रतिशत पुगेको थियो। 

यस्तै महिलाहरूले गर्भावस्थामा पर्याप्त मात्रामा आइरन र फोलिक एसिड चक्कीको सेवन गर्ने दर सन् २००१ मा ६ प्रतिशतबाट सन् २०१६ मा ७१ प्रतिशत पुगेको थियो।

विशेषांकअनुसार नेपालमा सरकारको प्रगतिशील क्रियाकलापहरूले गर्दा नै पोषणको क्षेत्रमा यस्ता महत्त्वपूर्ण सफलताहरू प्राप्त भएका हुन्। तर अहिले कोभिड महामारीले गर्दा महिला र बालबालिकाको पोषण वृत्ति विकास प्रभावित बनेको छ। 

विगत तीन दशकमा महिला तथा बालबालिकाको क्षेत्रमा भएको प्रगतिमा केन्द्रित भएर युनिसेफले 'मातृ तथा बाल पोषण'को विशेषाङ्क सार्वजनिक गरेको हो।

प्रकाशित: Jan 21, 2022| 13:16 शुक्रबार, माघ ७, २०७८
प्रतिक्रिया दिनुहोस्