बुधबार, साउन १, २०८२

सार्वजनिक सेवा लिन खोप कार्ड अनिवार्य

सार्वजनिक सेवा लिन सरकारले आजदेखि खोप कार्ड अनिवार्य देखाउनु पर्ने नियम लागू गरेको छ।
 |  शुक्रबार, माघ ७, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ ७, २०७८

काठमाडौं- सार्वजनिक सेवा लिन सरकारले आजदेखि खोप कार्ड अनिवार्य देखाउनु पर्ने नियम लागू गरेको छ। कोरोना महामारी बढेसँगै गृह मन्त्रालयले आजदेखि सार्वजनिक सेवा प्राप्त गर्न खोप कार्ड अनिवार्य गरेको हो। 

सार्वजनिक स्थान (कार्यालय, होटल, रेस्टुरेन्ट, सिनेमा हल, रंगशाला, हवाईयात्रा, पार्क आदि) प्रवेश गर्दा अनिवार्य रुपमा कोभिडविरुद्धको खोप लगाएको कार्ड (मोबाइलमा फोटो भएपनि हुने) साथमा राख्ने र ती निकायले खोप कार्ड हेरेर मात्र प्रवेश दिने व्यवस्था मिलाउन सररकारले निर्देशन दिएको छ।

गृह मन्त्रालयले प्रहरी प्रधान कार्यालय, सशस्त्र प्रहरी प्रधान कार्यालय, सबै जिल्ला प्रशासन कार्यालय र मातहतका विभाग तथा निकायहरुलाई पत्राचार गर्दै कोभिड १९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी)ले गरेका सिफारिस कार्यान्वयन गर्न निर्देशन दिएको छ।

गृह मन्त्रालयले सार्वजनिक स्थलमा सबै प्रकारका राजनीतिक, तथा धेरै जना उपस्थित हुने गरी प्रशासनिक, सामाजिक एवं त्यहि प्रकृतिको कार्यक्रम नगर्न निर्देशन दिउको छ। अत्यावश्यक नियमित कार्यक्रमको हकमा स्थानीय प्रशासनको अनुमति लिएर गर्ने व्यवस्था मिलाउने र अर्को सूचना नभएसम्म सार्वजनिक स्थलहरुमा २५ जनाभन्दा बढि भेला हुने गरी मेला, भेला तथा महोत्सवहरु आयोजना नगर्न नगराउन आवश्यक व्यवस्था गर्न पनि भनेको छ।

प्रकाशित: Jan 21, 2022| 10:08 शुक्रबार, माघ ७, २०७८
प्रतिक्रिया दिनुहोस्