काठमाडौं- उच्च अदालत पाटनका १३ न्यायाधीशलाई कोरोना संक्रमण भएको छ। अदालतका रजिष्ट्रार ठगेन्द्र कट्टेलका अनुसार ५७ कर्मचारीमा समेत कोरोना पुष्टि भएको छ।
यस्तै सर्वोच्च अदालतमा एक न्यायाधीश र ३९ कर्मचारी कोरोनामा कोरोना संक्रमण पुष्टि भएको छ।
सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालका अनुसार देशभरिका अदालतमा न्यायाधीश र कर्मचारीसहित १५० भन्दा बढीलाई कोरोना पुष्टि भएको छ।