काठमाडौं - मध्यपश्चिम विश्वविद्यालयले १० वटा आंगिक क्याम्पसहरुका विभिन्न समस्याहरुको एकीकृत रुपमा समाधान गर्ने जनाएको छ।
विश्वविद्यालयका उपकुलपति प्रा. डा. नन्दबहादुर सिंहले स्थापना पश्चात समायोजन भई आएका १० वटा आंगिक क्याम्पसहरुमा देखिएका प्राध्यापक तथा कर्मचारीहरुको उचित व्यस्थापन, विभिन्न पदीय भत्ता, उपदान तथा निवृतिभरणलगायतका समस्या समाधानको विषयमा छलफल भएको बताए।
विश्वविद्यालयले आवश्यक जनशक्तिको उचित प्रबन्ध, विद्यार्थीको शुल्क दुई किस्तामा लिई पठन-पाठन प्रकृयामा उत्साह बढाउने लगायतका विभिन्न समस्याहरुलाई समाधान गर्नका लागि कार्यकारी परिषद्बाट निर्णय गर्ने सहमतस गरिएको जनाएको छ।
पर्याप्त समय र छलफल बिनानै विश्वविद्यालयमा समायोजन भएका आंगिक क्याम्पसहरुका विभिन्न समस्याहरुको सुक्ष्म विश्लेषण एवं गहन छलफल गरी समाधानका लागि आंगिक क्याम्पसका क्याम्पस प्रमुखहरु छलफल गरिएको विश्वविद्यालयले जनाएको हो।
कार्यक्रममा विश्वविद्यालयका रजिष्ट्रार, विभिन्न संकायका डिन, परीक्षा व्यवस्थापन कार्यालय प्रमुख, विभिन्न निर्देशनालयका कार्यकारी निर्देशक, १० वटा आंगिक क्याम्पसका क्याम्पस प्रमुख, उप-प्राध्यापक, उपकुलपति सचिवालयका सदस्य, केन्द्रीय कार्यालयका कर्मचारी लगायतको उपस्थिति रहेको थियो।