शनिबार, जेठ २५, २०८२

शक्ति गौचन निर्वाचनमा हारेपछि...

क्रिकेटर शक्ति गौचनले सामाजिक सञ्जालमा एउटा भावुक भिडियो सन्देश जारी गर्दै भनेका छन्- ‘मलाई लाग्थ्यो, क्रिकेटमा राजनीति छिरेको छैन, तर रुपन्देही क्रिकेट संघको बुधबार सम्पन्‍न चुनावले राजनीति छिरेको प्रष्ट पार्‍यो।’
 |  बिहीबार, माघ ६, २०७८

विनोद परियार

विनोद परियार

बिहीबार, माघ ६, २०७८

बुटवल- बिहिबार एका बिहानै क्रिकेटर शक्ति गौचनले सामाजिक सञ्जालमा एउटा भावुक भिडियो सन्देश जारी गर्दै भनेका छन्- ‘मलाई लाग्थ्यो, क्रिकेटमा राजनीति छिरेको छैन, तर रुपन्देही क्रिकेट संघको बुधबार सम्पन्‍न चुनावले राजनीति छिरेको प्रष्ट पार्‍यो।’ 

गौचनले रुपन्देही क्रिकेट संघको निर्वाचनमा अध्यक्षमा पराजित भएपछि सामाजिक सञ्जालमा असन्तुष्टि पोखेका हुन्। क्रिकेटमा उमेरको आधा समय बिताएका गौचनलाई मुख्य रुपमा व्यवसाय र विभिन्‍न क्लबहरुमा क्रियाशील हरिबहादुर थापाले पराजित गरेका हुन्। 

जीवन नै क्रिकेट भनेर आफूलाई समपर्ण गर्ने गौचनको हार अप्रत्याशित मात्रै होइन। क्रिकेट संघमा कस्ता व्यक्तिको बर्चस्व छ भन्‍ने उदाहरण पनि हो। चार मिनेटको भिडियोमार्फत गौचनले क्रिकेटमै जीवन बिताएकाले मतदाताले आफूलाई नै जिताउने अपेक्षा राखेको आशय व्यक्त गरेका छन्। उनले भनेका छन, ‘मैलै निर्वाचनलाई स्वीकार गर्छु, यदि खेल र खेलाडीको हकहितमा काम गर्नुभएन भने म पहिलो आवाज उठाउनेछु।’ 

१७ वर्षमुनिको राष्ट्रिय टिमबाट कप्तानी गर्दै सन् २००१ मा बंगलादेशमा आफ्नो 'जादु'' देखाएपछि गौचन क्रिकेटमा नेपालबाहिर चर्चित हुन् गौचन। 

गौचनले मैदानमा वाहीवाही कति पाए पाए। तर, जिल्लामा क्रिकेट खेलाडीहरुकै संस्थामा पराजित भएपछि त्यसले शुभेच्छुकहरुलाई पनि चिन्तित तुल्याएको छ। 

यति चर्चित खेलाडी खेल क्षेत्रकै संस्थामा जान खोज्दा हार भोगेका हुन्।  बुधबार भैरहवामा सम्पन्‍न संघको चौथो अधिवेशनबाट ६४ मतका साथ अध्यक्षमा व्यवसायी समेत रहेका थापा निर्वाचित भए। तर क्रिकेटर गौचनले ४० मत मात्रै प्राप्त गरे। गौचनले भावुक हुँदै सामाजिक सञ्जालमा भिडियो राखेपछि देशभरबाट शुभेच्छुकहरुले चिन्ता प्रकट गरेको गौचनले नेपाल समयलाई बताए। ‘मलाई धेरै फोनहरु आएका छन्, मिडियाबाट पनि बारम्बार सोधिएको छ, खासमा मेरो चिन्ता क्रिकेटको स्तर जिल्ला र तल्लोतहबाट बचाउनुपर्छ भनेर अध्यक्ष हुन खोजेको थिए, त्यो पूरा भएन,’ उनले भने। गौचनले प्रत्येक जिल्लामा निर्वाचित संघको नेतृत्वले तल्लो तहबाट खेलाडी उत्पादनमा नलाग्ने हो भने पछिल्लो दशकमा क्रिकेटमा कमाएको इज्जत गुम्ने उनको चिन्ता छ। 


रुपन्देही क्रिकेट संघमा निर्वाचित पदाधिकारीहरु।  

गौचनले मैदानमा वाहीवाही कति पाए पाए। तर, जिल्लामा क्रिकेट खेलाडीहरुकै संस्थामा पराजित भएपछि त्यसले शुभेच्छुकहरुलाई पनि चिन्तित तुल्याएको छ। गौचनको भिडियोमा रोहित घिमिरेले लेखेका छन, ‘मन यति रुन्छ नि, यो देशको हालत झोले राजनीतिले हरेक क्षेत्रमा योग्य व्यक्ति पराजित हुन्छ, सतिले सरापेको देश।’ अर्का केशव आचार्यले गौचन जिल्लाको नभई क्यानकै अध्यक्ष हुने हैसियत राख्‍ने बताए। उनले राजनीति छिरेको भनेको दलीय भन्दा पनि  गैरखेलाडीहरुको हालीमुहालीलाई भएको बताएका छन्। नेपाल क्रिकेट संघ (क्यान) को अधिवेशनमा को नेतृत्वमा पुग्ने भन्ने हिसाबले चलखेल भएको एक खेलाडीले बताए। 

रुपन्देही क्रिकेट संघको उपाध्यक्षमा ६० मत सहित धिरज अधिकारी क्षेत्री, सचिवमा ६५ मतसहित सञ्‍जय गुरुङ र कोषाध्यक्षमा ५३ मतसहित निरजप्रताप खाँण निर्वाचित भएका छन्।

उनीहरुका प्रतिद्वन्दी राजु खड्काले ४४, दीपक शर्मा भुर्तेलले ३९ र दिपेन्द्र लाम्गादेले ४९ मत प्राप्त गरेका छन्। क्रिकेट संघमा थापा र गौचनले प्यानल खडा गरी निर्वाचनमा होमिएका थिए। पदाधिकारीमा अध्यक्षसहित सबै थापा समूहका निर्वाचित भएका छन्। संघको महिला सदस्यमा उमा अधिकारी निर्विरोध निर्वाचत भएकी छन्। 

अन्य सदस्यहरुमा भरत थापा, विजय सिंह ज्ञवाली, पुनित पोखरेल, निराकार पन्त, शेषमणि चौधरी, प्रथम पराजुली, मनोज भण्डारी, उदय कुमार मल्लिक, कमल पाण्डे र श्रीराम नेपाली निर्वाचित भएको निर्वाचन अधिकृत शारदा मल्लले जानकारी दिइन् । 


प्रकाशित: Jan 20, 2022| 19:15 बिहीबार, माघ ६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।