काठमाडौं– पछिल्लो २४ घण्टामा नेपालमा १२ हजार ३३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार २७ हजार ४९७ जनाको परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो।
त्यस्तै सोही समयमा ६४९ जना संक्रमणमुक्त भएका छन् भने ४ जनाको मृत्यु भएको छ। बिहीबार सक्रिय संक्रमितको संख्या ५७ हजार ३२८ छ। आज कुल परीक्षणको ४४.८७ प्रतिशतमा कोरोना संक्रमण पुष्टि भएको हो।
यसअघि बुधबार ११ हजार ३५२ र मंगलबार १० हजार २५८ कोरोना संक्रमित थपिएका थिए।