बुधबार, साउन १, २०८२

स्वास्थ्य मापदण्ड पालना नभए त्रिविका परीक्षा स्थगित गर्न देउवाको निर्देशन

देउवाले बिहीबार त्रिविका परीक्षा सञ्चालन भएका कलेजमा अनुगमन गर्न र कोभिड–१९ का मापदण्ड पालना नभए केही हप्ता परीक्षा स्थगित गराउन निर्देशन दिएका हुन्।
 |  बिहीबार, माघ ६, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, माघ ६, २०७८

काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवाले त्रिभुवन विश्वविद्यालयका जारी परीक्षामा सामाजिक दूरी कायम भए/नभएको र परीक्षा कोठामा स्यानेटाइजर एथेष्ट मात्रामा भए नभएको अनुगमन गर्न निर्देशन दिएका छन्।

देउवाले बिहीबार त्रिविका परीक्षा सञ्चालन भएका कलेजमा अनुगमन गर्न र कोभिड–१९ का मापदण्ड पालना नभए केही हप्ता परीक्षा स्थगित गराउन निर्देशन  दिएको उनको सचिवालयले जनाएको छ।

देउवाले मुख्यसचिव शंकरदास बैरागीमार्फत सबै जिल्ला प्रशासन कार्यालयलाई परीक्षामा कोभिड–१९का मापदण्ड पालना भए/नभएको अनुगमन गर्न निर्देशन दिएका हुन्। देउवाले परीक्षा हलमा कोभिड–१९ का मापदण्ड नभएको पाइएका केही हप्ता परीक्षा स्थगित समेत गर्ने गरी प्रक्रिया अघि बढाउन मुख्यसचिव बैरागीलाई निर्देशन दिएका छन्।

प्रकाशित: Jan 20, 2022| 14:45 बिहीबार, माघ ६, २०७८
प्रतिक्रिया दिनुहोस्