बुधबार, साउन १, २०८२

कोसी अस्पतालको ‘ओटी’ सेवा बन्द

चिकित्सकमा कोरोना संक्रमण पुष्टि भएपछि कोसी अस्पतालको शल्य चिकित्सा सेवा बन्द भएको छ।
 |  बिहीबार, माघ ६, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, माघ ६, २०७८

विराटनगर- चिकित्सकमा कोरोना संक्रमण पुष्टि भएपछि कोसी अस्पतालको शल्य चिकित्सा सेवा बन्द भएको छ।

विराटनगरको कोसी अस्पतालका ११ चिकित्सक र २८ नर्ससहित ७६ जनामा कोरोना संक्रमण पुष्टि भएपछि ओटी सेवा बन्द भएको हो।

अस्पतालका मेसु डा. चुमनलाल दासले संक्रमित चिकित्सक, नर्स र कर्मचारीहरू होम आइसोलेसनमा रहेको बताएका छन्।  संक्रमणका कारण अस्पतालको सेवा सञ्चालन र नियमित गर्न कठिनाइ भएको उनले बताए।

प्रकाशित: Jan 20, 2022| 12:33 बिहीबार, माघ ६, २०७८
प्रतिक्रिया दिनुहोस्