बिहीबार, साउन २, २०८२

काठमाडौं उपत्यकामा ६ हजार २६३ जनामा कोरोना संक्रमण

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ६ हजार २६३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
 |  बुधबार, माघ ५, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, माघ ५, २०७८

काठमाडौं- पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ६ हजार २६३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार भक्तपुरमा ५७८,ललितपुरमा एक हजार १९ र काठमाडौंमा ४ हजार ६६६ नमुनामा कोरोना संक्रमण पुष्टि भएको छ। 

मंगलबार काठमाडौं उपत्यकामा ५ हजार ५४९ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो। 

आज देशभर  ११ हजार ३५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। देशभरको औसत संक्रमणदर ५२.६ प्रतिशत रहेको छ। जुन हालसम्मकै उच्च हो।

(यस स्वास्थ्यमन्त्रालयको नियमित प्रेस ब्रिफिङ र मन्त्रालयको रिपोर्टमा फरक-फरक तथ्यांक आएकोले सच्याइएको छ।) 

प्रकाशित: Jan 19, 2022| 16:40 बुधबार, माघ ५, २०७८
प्रतिक्रिया दिनुहोस्