काठमाडौं- सरकारले कोरोना भाइरसको संक्रमण परीक्षण पीसीआर शुल्क घटाएको छ। सरकारले अब सरकारी अस्पतालमा आठ सय र निजी अस्पतालमा १५ सय रुपैयाँ कामय गरेको छ।
यसअघि कोरोना परीक्षण शुल्क सरकारी अस्पतालमा एक हजार र निजीमा दुई हजार रुपैयाँ रहेको थियो।
सरकारले परीक्षण शुल्क घटाउनका लागि स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ डा. गुणराज लोहनीको संयोजकत्वमा समिति गठन गरेको थियो। उक्त समितिले सरकारीमा आठ सय र निजी अस्पतालमा १५ सय सम्म बनाउन सकिने सुझाएको थियो।
उक्त सुझावका आधारमा सरकारले पीसीआर शुल्क घटाएको हो।