बिहीबार, साउन २, २०८२

‘घरघरमा संक्रमण, अत्तालिनु पर्दैन’

‘संक्रमण प्रत्येक घरघरमा पुगेको छ। सबै परिवारलाई कोरोना पोजेटिभ आएको छ। धेरैले के गर्ने होला भनेर फोन गरेर परामर्श लिने गनुहुन्छ’, उनले भने।
 |  बुधबार, माघ ५, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, माघ ५, २०७८

काठमाडौं– मुलुकमा कोरोना संक्रमण अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार मंगलबार  एकै दिन १० हजार २५८ जनामा कोरोना पुष्टि भएको छ।

स्वास्थ्यविज्ञले नेपालमा कोरोना संक्रमणको तेस्रो लहर सुरु भइसकेको बताउँदै आएका छन्। स्वास्थ्य तथा मन्त्रालयले  भने आधिकारिक रुपमा तेस्रो लहर फैलिएर बताएको छैन। ओमिक्रोनको संक्रमण भित्रभित्रै समुदायस्तरमै पुगिसकेको सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुन बताउँछन्।

‘सरकारले पुसमा परीक्षण गरेकोमध्ये २२ प्रतिशतमा ओमिक्रोन संक्रमण पुष्टि भएको थियो’, पुन भन्छन्, ‘त्यसले पनि भेरियन्ट समुदायमा फैलिसकेको छ भन्ने देखाउँछ।’ पछिल्लो समय अस्पताल आएका संक्रमितमा पहिलेजस्तो कडा लक्षण नदेखिएकोले आत्तिनुपर्ने अवस्था नभएको उनी बताउँछन्।

‘संक्रमण प्रत्येक घरघरमा पुगेको छ। सबै परिवारलाई कोरोना पोजेटिभ आएको छ। धेरैले के गर्ने होला भनेर फोन गरेर परामर्श लिने गनुहुन्छ’, उनले भने। 

अस्पतालमा आउने अधिकाशं संक्रमितमा मन्द ज्वरो आएको, रुघाखोकी लाग्ने, घाँटी, टाउको, ढाड दुख्ने, थकान महसुस हुने जस्ता लक्षण छन्। ‘संक्रमण प्रत्येक घरघरमा पुगेको छ। सबै परिवारलाई कोरोना पोजेटिभ आएको छ। धेरैले के गर्ने होला भनेर फोन गरेर परामर्श लिने गनुहुन्छ’, उनले भने। 

अस्पतालमा बिरामीको लक्षण र अन्तर्राष्ट्रिय अध्ययन हेर्दा ओमिक्रोन धेरै छिटो फैलिए पनि घातक नभएको पुनले बताए। उनले भने, ‘यो भेरिएन्ट लिएर आउने अधिकाशं बिरामी दुईतीन दिनभित्र लक्षण मुक्त भएको पाइएको छ।’ अस्पताल भर्ना भएकामध्ये थोरै संक्रमितलाई मात्रै अक्सिजन र आईसीयू आवश्यक पर्ने देखिएको छ। 

प्रकाशित: Jan 19, 2022| 10:36 बुधबार, माघ ५, २०७८
प्रतिक्रिया दिनुहोस्