काठमाडौं– पछिल्लो २४ घण्टामा नेपालमा १० हजार २५८ जनामा कोरोना संक्रमण भएको छ। कोरोना महामारी सुरु भएयता एक दिनमै संक्रमण भएको यो संख्या सबैभन्दा धेरै हो। २२ हजार ८२८ को नमुना परीक्षण गर्दा १० हजार २५८ मा संक्रमण भएको स्वास्थ्य मन्त्रालयको विवरणमा उल्लेख छ।