काठमाडौं- कोरोना संक्रमणको कारण तत्काल लकडाउनको अवस्थामा नभएको सरकारले जनाएको छ। शिक्षा स्वास्थ्य समितिको बैठकमा बोल्दै स्वास्थ तथा जनसंख्या मन्त्रालयका सचिव रोशन पोखरेलले सरकार सकेसम्म लकडाउनमा नजाने बताए।
कार्यक्रममा बोल्दै उनले बरु संक्रमण रोक्नका लागि जनस्वास्थ्य मापदण्ड उल्लंघन गर्नेलाई जरिवाना गर्ने, २-३ हप्ताको लागि निश्चित क्षेत्र बन्द गर्ने तर लकडाउनमा जाने योजना नरहेको उनले बताए।
समितिका सभापति जयपुरी घर्तीले बजारको भिडभाड बन्द गर्न सरोकारवालासँग छलफल गरी नियन्त्रण गर्न निर्देशन दिइन्। पीसीआर परीक्षण सरकारी अस्पतालमा कमसेकम नि:शुल्क गर्न नभए शुल्क कम गराउन सरोकारवालाले छिटोभन्दा छिटो छलफल गरी निर्णय गर्न निर्देशन दिइन्। साथै जोखिम भत्ता दुई वर्षदेखि समस्याको रुपमा रहेकोले अर्थमन्त्री सँग छलफल गरी कार्यान्वायनको पहल गर्ने बताइन, साथै जोखिम भत्ता दिन निर्देशन दिइन्।
अस्पतालहरुमा जनशक्ति परिचालन अझै नपुगेको भन्दै सबै जनशक्तिको परिचालन गर्न उनले स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिइन्।