शनिबार, साउन ४, २०८२

अबको दुई हप्ता कठिन समय, दैनिक संक्रमित २० हजार पुग्ने

कोरोना संक्रमणका कारण अबको दुई हप्ता नेपालका लागि कठिन हुने सरकारले जनाएको छ।
 |  मंगलबार, माघ ४, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, माघ ४, २०७८

काठमाडौं– कोरोना संक्रमणका कारण अबको दुई हप्ता नेपालका लागि कठिन हुने सरकारले जनाएको छ।

संघीय संसद्को शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. कृष्ण पौडेलले दुई हप्तासम्म कोरोना संक्रमण बढ्दै जाने बताए। 

बिरामीको लक्षणको आधारमा भन्दा अहिलेको संक्रमणको कारण ओमिक्रोन भेरिएन्ट नै भएको दाबी उनले गरे। उनका अनुसार नेपालमा अझै २ हप्ता संक्रमण बढ्ने र उच्च विन्दुमा पुग्दा दैनिक २० हजार संक्रमण पुष्टि हुने मन्त्रालयको आकलन रहेको उनले बताए। 

संक्रमण उच्च बिन्दुमा पुग्दा १० हजार संक्रमित लक्षणसहितका हुने,र तीमध्ये करिब एक हजारलाई आईसीयूको आवश्यकता पर्ने, ३०० जना गम्भीर बिरामी हुने अनुमान रहेको उनले बताए। साथै १३ हजार बेडको आवश्यकता पर्ने उनले जानकारी दिए। 

अहिले नेपालमा फैलिएको संक्रमण ओमिक्रोन नै भएको डा. पौडेलको दाबी छ। ओमिक्रोन भेरिएन्टका बिरामीहरु समुदायमा परीक्षण नभए पनि धेरै संक्रमित रहेको उनले बताए। दुई हप्तापछि भने संक्रमण ओरालो लाग्ने मन्त्रालयको अनुमान छ। 

प्रकाशित: Jan 18, 2022| 13:38 मंगलबार, माघ ४, २०७८
प्रतिक्रिया दिनुहोस्