शनिबार, साउन ४, २०८२

मन्त्री प्रेम आलेको सचिवालयका थप दुई जनामा कोरोना संक्रमण

मन्त्री आलेका प्रेस संयोजक विमलबहादुर विष्ट तथा प्रशासन सहायक भक्तबहादुर आलेलाई कोरोना संक्रमण पुष्टि भएको सचिवालयले जनाएको छ।
 |  मंगलबार, माघ ४, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, माघ ४, २०७८

काठमाडौं- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको निजी सचिवालयमा कार्यरत थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

मन्त्री आलेका प्रेस संयोजक विमलबहादुर विष्ट तथा प्रशासन सहायक भक्तबहादुर आलेलाई कोरोना संक्रमण पुष्टि भएको सचिवालयले जनाएको छ।

सोमबार गरिएको कोरोना परीक्षणमा उनिहरू दुवै जनालाई कोरोना संक्रमण पुष्टि भएको सचिवालयले जनाएको छ। मन्त्री आलेसहित उनका स्वकीयसचिव हेमन्त रेग्मीलाई सोमबार नै कोरोना संक्रमण पुष्टि भएको थियो। पोजेटिभ देखिएकाहरूको अवस्था सामान्य रहेको र मन्त्री आलेसहित सबै होमआइसोलेशनमा रहेका बताइएको छ।

प्रकाशित: Jan 18, 2022| 10:31 मंगलबार, माघ ४, २०७८
प्रतिक्रिया दिनुहोस्