शनिबार, साउन ४, २०८२

प्रधानमन्त्री कार्यालयका तीन सचिवसहित ४० जनामा कोरोना

कार्यालयमा दुई सय जना कर्मचारीको नमुना परीक्षण गर्दा ४० जनामा संक्रमण पुष्टि भएको कार्यालयका प्रवक्ता महादेव पन्थले बताए। संक्रमित हुने सचिवमा रामप्रसाद थपलिया, शिशिर ढुंगाना र कृष्ण राउत छन्।
 |  सोमबार, माघ ३, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, माघ ३, २०७८

काठमाडौं- प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका तीन सचिवसहित ४० जनाका कोरोना भाइरस संक्रमण भएको छ।

कार्यालयमा दुई सय जना कर्मचारीको नमुना परीक्षण गर्दा ४० जनामा संक्रमण पुष्टि भएको कार्यालयका प्रवक्ता महादेव पन्थले बताए। संक्रमित हुने सचिवमा रामप्रसाद थपलिया, शिशिर ढुंगाना र कृष्ण राउत छन्। 

संक्रमितमध्ये सिकिस्त अवस्थामा कोही नपुगेको र उनीहरुलाई होम आइसोलेसनमा पठाइएको छ। पन्थले भने, ‘केही साथीमा संक्रमण भेटिएपछि कार्यालयका करिब दुई सय कर्मचारीमा परीक्षण गरेका थियौं। ४० जनामा सक्रमण पुष्टि भयो। संक्रमित भएकाहरु आइसोलेसनमा हुनुहुन्छ।’

प्रकाशित: Jan 17, 2022| 12:03 सोमबार, माघ ३, २०७८
प्रतिक्रिया दिनुहोस्