शनिबार, साउन ४, २०८२

मध्यविन्दु अस्पतालको पीसीआर परीक्षण सेवा बन्द

अस्पतालको प्रयोगशालामा कार्यरत कर्मचारीलाई कोरोना संक्रमण देखिएपछि नवलपरासीको नवलपुरस्थित मध्यविन्दु जिल्ला अस्पतालको पीसीआर परीक्षण बन्द गरिएको छ।
 |  सोमबार, माघ ३, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, माघ ३, २०७८

काठमाडौं- अस्पतालको प्रयोगशालामा कार्यरत कर्मचारीलाई कोरोना संक्रमण देखिएपछि नवलपरासीको नवलपुरस्थित मध्यविन्दु जिल्ला अस्पतालको पीसीआर परीक्षण बन्द गरिएको छ। 

प्रयोगशालामा कार्यरत दुई कर्मचारीलाई कोभिड संक्रमण पुष्टि भएपछि पीसीआर परीक्षण बन्द भएको मध्यविन्दु जिल्ला अस्पतालका सूचना अधिकारी छविलाल सुवेदीले जानकारी दिए।

सुवेदीका अनुसार अस्पतालको पीसीआर प्रयोगशालामा तीन जना कर्मचारी कार्यरत रहेकोमा दुई जनामा कोरोना पुष्टि भएको हो । तीन  मध्ये दुई  जनामा कोरोना पुष्टि भएपछि पीसीआर सेवा बन्द गरिएको हो।

पीसीआर परीक्षण बन्द गरिए पनि एन्टिजेन परीक्षण भने नियमित रहने अस्पताल प्रशासनले जनाएको छ।

प्रकाशित: Jan 17, 2022| 10:00 सोमबार, माघ ३, २०७८
प्रतिक्रिया दिनुहोस्