आइतबार, साउन ५, २०८२

४६ सय ३६ संक्रमित थपिए, चार जनाको मृत्यु

पछिल्लो २४ घण्टामा देशभर ४ हजार ६३६ जना कोरोना संक्रमित थपिएका छन्।
 |  शनिबार, माघ १, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, माघ १, २०७८

काठमाडौं– पछिल्लो २४ घण्टामा देशभर ४ हजार ६३६ जना कोरोना संक्रमित थपिएका छन्।

१० हजार ४१२ जनाको पीसीआर गर्दा ३ हजार ७०३ र ४ हजार १४४ जनाको एन्टिजेन परीक्षण गर्दा ९३३ जनामा संक्रमण पुष्टि भएको हो।

त्यसैगरी सोही अवधिमा ३५० जना संक्रमित निको भएका छन् भने ४ जना संक्रमितको मृत्यु भएको स्वस्थ्य मन्त्रालयले जनाएको छ। आजको दिनमा सक्रिय संक्रमितको संख्या २१ हजार ५८४ छ।

पछिल्लो २४ घण्टामा ४ लाख ३५ हजार १९३ जनाले कोभिडविरुद्धको खोप लगाएका छन्। 

प्रकाशित: Jan 15, 2022| 16:26 शनिबार, माघ १, २०७८
प्रतिक्रिया दिनुहोस्